Comments Add Comment

गर्मीमा आकर्षक देखिन्छ यस्तो हेयरस्टाइल

पोनीटेल देखि फ्रिंज कटसम्म

अनुहारलाई सुन्दर बनाउन कपालको ठूलो भूमिका हुन्छ । कपाललाई थोरै मात्र पनि स्टाइलिस बनाउन सके अनुहार सुन्दर तथा आकर्षक देखिन्छ । गर्मीको समयमा कपाललाई भनेजस्तो तरिकाले आकर्षक बनाउन त मुस्किल छ तर असम्भव भने छैन ।

गर्मीबाट बच्नकै लागि अधिकांश महिलाले कपाल पोको पार्ने गर्छन्, कतिले बाँधेर पनि राख्छन् भने नयाँ हेयर स्टाइल ट्राई नै चाहँदैनन् ।
चिसो मौसमको तुलनामा गर्मीमा लुगा लगाउने तरिका पनि फरक हुने हुँदा गर्मीको मौसममा यस्तो हेयर स्टाइल बनाउन सकिन्छ जुन हरेक पहिरनसँग म्याच गर्न सकिन्छ ।

कपालको स्टाइलमा गरिने सानो फेरबदलले कैयौं पटक तपाईंको व्यक्तित्वलाई नै बदलिदिन्छ र तपाईलाई पहिलेभन्दा झन् झन् राम्री तथा सुन्दर बनाउँदै लैजान्छ । यस पटकको टिप्समा हामी तपाईहरूलाई कपाल सम्बन्धी केही टिप्स दिदैछौ ।

पोनी टेल

कपाल लामो तथा सिल्की छ भने पोनी टेल निकै सुहाउँछ । पोनी टेल बनाउँदा अगाडिपट्टकिो कपाललाई हल्का उठाएर पछाडिपट्ट िबाँध्न सकिन्छ । यस्तो स्टाइलमा रङ्गीबिरङ्गी क्लिप, रबर व्याण्ड तथा हेयर व्याण्ड प्रयोग गर्न सकिन्छ ।

कपाल बाट्ने

कपाल लामो भएमा कपाल बाट्न पनि सकिन्छ । एक पटक कपाल बाटेपछि कैयौ किसिमका हेयर स्टाइल बनाउन सकिन्छ । कपाल बाट्नाले कपाल तन्किरहन्छ र गर्मीमा खासै समस्या हुँदैन ।

क्लचरको प्रयोग गर्ने

कपालमा क्लचरका उपयोग गर्नु आम मानिन्छ । साधारणदेखि विभिन्न किसिमका क्लचर बजारमा उपलब्ध छ । कपाल लामो छ भने क्लचरद्वारा आˆनो कपाल बाँध्न सकिन्छ । यसले गर्मीमा आराम मिल्नुका साथै अनुहार समेत आर्कषक लाग्छ । साडी, कुर्ताजस्ता कुनै पनि किसिमका लुगामा क्लचर लगाएर कपाललाई माथि उठाउन सकिन्छ ।

बब कट

बब कटलाई गर्मीको मौसममा सजिलै क्यारी गर्न सकिन्छ । यसले अनुहारमा नयाँ लुक समेत दिन्छ । यस किसिमको हेयर स्टाइलमा कपालले कानलाई ढाक्दै पछाडितिर जान्छ । यो हेयर स्टाइल अगाडिभन्दा पछाडि केही लामो हुन्छ । कपालको यो हेयर स्टाइल लगभग सबैजसो अनुहारमा सुट गर्छ । यसको लागि कुनै विशेष उमेरको हदबन्दी हुँदैन । यसले लुक त बदल्छ नै, पहिलेभन्दा स्टाइलिस देखिन समेत मद्दत गर्छ ।

फ्रिन्ज कट

समयको कमी हुनेहरूका लागि फ्रिन्ज कट कट सबैभन्दा राम्रो मानिन्छ । यसले अनुहारको लुक त बदलिनुका साथै यसलाई व्यवस्थित गर्न पनि सजिलै हुन्छ । फ्रिन्ज कट हेयर स्टाइल कैयौ प्रकारका हुन्छन् । अनुहारको बनोट जस्तोसुकै भए पनि यस्तो स्टाइल ट्राई गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment