+
+

लागूऔषध मुद्दामा वीरगञ्जबाट वडा अध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १० गते १३:०२
फाइल तस्वीर

१० वैशाख, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका- ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जको होटल कुमु प्यालेसमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले कार्यक्रम भइरहेकै हलबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित पटेल बेलायत सरकारको सहयोगमा आयोजित स्थानीय तहको वस्तुगत विवरण -प्रोफाइल) तयारी सम्बन्धी अभिमुखीकरणमा सहभागी हुन वीरगञ्ज आएका थिए ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएकोले पक्राउ गरी मकवानपुर पठाइएको जानकारी दिए । ‘मकवानपुर प्रहरीबाट उपस्थित गराइदिनु भन्ने पत्र प्राप्त भयो’ उनले भने ‘हामीले उहाँलाई पक्रेर ल्यायौंं । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त पत्रमा मुद्धाबारे कुनै पनि कुरा खुलाइएको छैन ।’

मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनाल्ले भने पटेल लागू औषध मुद्दामा फरार रहेको अभियुक्त भएको बताए ।

‘पटेल लागू औषध मुद्दामा फरार अभियुक्त हुन्, मिसिल झिकाएर अध्ययन गर्ने काम भइरहेको छ’ उनले भने ‘मकवानपुरको आग्रहमा पर्सा प्रहरीले उनलाई पक्राउ गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?