+
+
Shares

झापाका सांसद साँवाद्वारा १० विद्यार्थीको अभिभावकत्व ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १० गते ९:०३

१० बैशाख, झापा । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बूले १० जना विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् ।

उनले झापा गाउँपालिका–४ स्थित डिल्लीराज माविका सुस्मीता कुमारी माझी, गौरव माझी, प्रदिप माँझी र तापस उराउ, झापा गाउँपालिकाकै त्रिभुवन आधारभूत विद्यालयका ओमनकुमार कोच, प्रिन्सका काहार, दिपेश कोच, अनुपम कुमार मुखिया, जैचन माझी र सरीता हास्दाको अभिभावकत्व ग्रहरण गरेका हुन् ।

उनले ती १० विद्यार्थीहरुलाई त्यहाँ पढुञ्जेल पठनपाठनका लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्रीसहित दुई जोर विद्यालय पोशाक समेत दिने बताए ।

दुवै विद्यालयमा अलगअलग कार्यक्रम गरेर उनले विद्यार्थी भर्ना गरेसँगै यो शैक्षिक सत्रका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक समेत वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?