१० वैशाख, काठमाडौं । नयाा शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान रकम एकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसाग माग गरेका छन् ।
संयोजक भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाए ।
उनले स्थानीय तहको सरकार बनिसकेकाले सोही निकायमार्फत् पुनर्निर्माणको अनुदान सहायता सरकारले जनतालाई उपलब्ध गराउनुपर्ने धारणाव्यक्त गरे ।
सोमबार काठमाडौंमा आयोजित भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको ‘कम्पन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै डा. भट्टराईले पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
संयोजक भट्टराईले भूकम्पपछि सरकारले तत्कालीन राहत र उद्दारको कामलाई प्रभावकारी बनाएपनि पुनर्निर्माणको काममा भने उचित व्यवस्था गर्न नसकेको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया 4