+
+
Shares

आन्दोलनकारी युवासहितको अन्तरिम सरकार गठन गरौं : भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि आन्दोलनकारी युवासमेत रहेको अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन्।
  • डा. भट्टराईले संविधानभित्रैबाट अघि बढ्न, आन्दोलनकारी युवाहरूको माग सम्बोधन गर्न र संविधानको अग्रगामी संशोधन गर्नुपर्ने बताए।
  • उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीसहित निष्पक्ष निर्वाचनको बाटो अवलम्बन गर्न सुझाव दिए।

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानभित्रैबाट अघि बढ्न आन्दोलनकारी युवासमेतको अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

भट्टराईले कुनै पनि हठ नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।

राजीनामापछिको बाटोबारे प्रस्ताव गर्दै डा. भट्टराईले भनेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि संविधानभित्रैबाट अघि बढ्न आन्दोलनकारी युवाहरू समेत रहेको अन्तरिम सरकारको गठन गर्नुपर्छ ।’

उनले थपेका छन्, ‘उनीहरूले उठाएका मागहरूको सम्बोधन, अहिलेका दुःखद् घटनाहरूको छानबीन, संविधानको अग्रगामी संशोधन (प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसहित), निष्पक्ष निर्वाचनको बाटो अवलम्बन गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?