+
+
Shares

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रतिगमनकारी कदम : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते २१:१२

१९ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई प्रतिगमनकारी कदमको संज्ञा दिएका छन् ।

साथै सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई कुन्ठित गर्ने उनको भनाइ छ ।

बिहीबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै डा. भट्टराईले भनेका छन्, ‘सामाजिक संजाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो ।’

सरकारले आँखामा पट्टि बाँधेर मुर्खतापूर्ण निर्णय गरेको भन्दै डा. भट्टराईले निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?