+
+
Shares

प्रदेश ७ को बजेट सम्भावना अध्ययनमा केन्द्रित

रामहरी ओझा  रामहरी ओझा
२०७५ वैशाख १० गते १७:३९

१० वैशाख, डोटी ।  प्रदेश ७ सरकारले आइतबार प्रदेश सभामा पेश गरेको चालु आर्थिक वर्षको आंशिक बजेट प्रदेशको समृद्धिका लागि बिभिन्न क्षेत्रको सम्भाव्यता अध्ययनमा केन्द्रित रहेको छ ।

कुल एक सय ४८ बुँदामा रहेको ३७ पृष्ठ लामो बजेट भाषण प्रस्तुत गर्दै प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले कृषिलाई बढी प्राथमिकता दिएको बताएका छन् । दुई महिला, तीन हप्ता मात्रै बाँकी रहँदा आएको आंशिक बजेटले प्रदेशको समृद्धिका लागि बिभिन्न सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिएको छ ।

सडक, खानेपानी, सिंचाई जस्ता भाैतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गर्न एक करोड ३७ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै प्रदेशभित्रको पर्यटकीय क्षेत्रको सम्भावना अध्ययनका लागि एक करोड बिनियोजन गरिएको छ ।

खेल क्षेत्रको सम्भावना अध्ययनका लागि २८ लाख, औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययनका लागि २० लाख जडीबुटी प्रसोधनको सम्भाव्यता अध्ययनका लागि २० लाख, प्रदेश सभा संग्रालय स्थापनको सम्भाव्यता अध्ययनका लागि १० लाख र बित्तीय संस्था सञ्चालन सम्वन्धि सम्भाव्यता अध्ययनका लागि २० लाख बिनियोजित गरिएको छ । बाल उद्दान, चिडियाखाना आदि निर्माणको सम्भाव्यता अध्ययनका लागि १० लाख बिनियोजन गरिएको छ ।

संघीय संरचनाको पहिलो अभ्यास भईरहेका बेला हरेक क्षेत्रको सम्भाव्यता अध्ययन गरी ठोस योजना तयार गर्ने उद्देश्यका साथ केन्दि्रत गरिएको बजेट बक्तव्यमा स्थानीय तहहरु जोड्ने पुल स्थापनाको सम्भाव्यता अध्ययनका लागि ३० लाख, तुईन बिस्थापनको सम्भाव्यता अध्ययनका लागि २० लाख, लगानी कोष/कम्पनी स्थापनाको सम्भाव्यताका लागि २० लाख रकम बिनियोजन गरिएको छ ।

यस्तै बजेट बक्तव्यले भारतमा जाने कामदारहरुको अभिलेख राख्ने, जोखिम न्यूनीकरण गर्ने, बीमा गर्न सम्भाव्यता अध्ययन गर्ने, प्राबिधिक विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने, असहाय, अनाथ, सडक तथा विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा पहुँचका लागि सम्भाव्यता अध्ययन गर्ने र खप्तड केवलकारको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

यस्तै नयाँ शहरको बिकासका लागि सम्भाव्यता अध्ययन गर्ने, स्मार्ट भिलेजको सम्भाव्यता अध्ययन गर्ने, हाल बन्द रहेका प्रदेशभित्रका बिमानस्थलहरु सूचारु गर्न सम्भाव्यता अध्ययन गर्ने, प्रदेशभित्र जलविद्युतको सम्भाव्यता अध्ययन गर्ने र प्रदेश खाद्य संस्थानको सम्भाव्यता अध्ययन गर्न उल्लखे छ ।

प्रदेशमा मिडिया हाउस सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

एक अर्व दुई करोड पाँच लाखको बजेटमा चालुतर्फ ३० करोड, सात लाख ७७ हजार, चुजीगततर्फ १५ करोड ५७ लाख र आर्थिक बिविधतर्फ ५६ करोड ४० लाख २३ हजार बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?