Comments Add Comment

वर्षाले लाखौँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट

 


११ वैशाख, दमौली, तनहुँ । केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पुर्याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छे« ब्रिक फ्याक्ट्रीमा उत्पादन गरिएको ठूलो परिमाणको काँचो इँटामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको हो । उत्पादन गरी सुकाउन राखिएको रु चार लाखको इँटामा वर्षाले क्षति पु¥याएको पोख्रेली इँटा उद्योगका सञ्चालक केदारनाथ घिमिरेले बताए ।

९० प्रतिशत काँचो इँटामा असिना पानीले क्षति पुर्याएको हो, घिमिरेले भन्नुभयो । माछापुच्छ्रे ब्रिक फ्याक्ट्रीका प्रोप्राइटर हर्कबहादुर गुरुङले पनि वर्षाले लाखौँ रुपैयाँ बराबरको इँटामा नोक्सानी पुर्याएको बताउनुभयो । उक्त इँटा उद्योगमा ११० जना मजदूरले रोजगारी गर्दै आएको सुभरपाइजर कृष्णहरि काफ्लेले बताए ।

वर्षाका कारण तनहुँ जिल्लाका ब्यास नगरपालिका र अन्य गाउँपालिकाभित्र उत्पादित इँटामा समेत वर्षाले ठूलो क्षति पुर्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment