Comments Add Comment

सोनम कपुरको बिहेमा दीपिका नजाने


बलिउड नायिकाद्वय दीपिका पादुकोण र सोनम कपुर आपसमा खुबै मिल्छन् । उनीहरु ‘कफी विथ करण सीजन ३’ मा सँगै सहभागी भएका थिए । यस क्रममा दीपिकाले आफ्नो एक्स ब्वाइफ्रेन्ड र सोनमले आफ्नो पहिलो को स्टार रणबीर कपुरको खुब मजाक उडाएका थिए ।

यी दुवै नायिका चाँडै विवाह वन्धनमा बाँधिदैछन् । सोनमको विवाह तिथि तय भइसकेको छ । उनले आफ्नो प्रेमी आनन्द आहुजासँग अर्को महिना बिहे गर्नेछिन् । यसैगरी दीपिकाले पनि आफ्नो प्रेमी रणवीर सिंहसँग विहे गर्न लागेको चर्चा चलिरहेको छ ।

यसैबीच सोनमको बिहेमा दीपिका सहभागी नहुने खबर आएको छ । बिवाहको निम्तो पाएपछि उनले आफू आउन नपाउने जानकारी गराएकी छिन् । मिल्ने साथीको विहेमा आउन नचाहनुको वास्तविक कारण खुल्न नसके पनि उनले आफ्नो व्यस्तताको बहाना बनाएकी छिन् ।

दीपिकाका प्रवक्ताका अनुसार उनी आगामी केही दिन निकै व्यस्त रहनेछिन् । उनलाई केही समारोहमा भाग लिन यूएस र फ्रान्स जानु छ । तर, व्यस्तताको बहाना गर्दै दीपिकाले सोनमको विहेलाई महत्व नदिएको प्रष्ट झल्किन्छ । अब दीपिकाको बिहेमा सोनमले के गर्छिन्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment