Comments Add Comment

औला पड्काउँदा यस कारण निस्किन्छ आवाज ?

अल्छी लाग्दा हात पड्काउने धेरैको बानी हुन्छ । कतिपयको हात पड्काउने बानीकै कारण औला समेत बाङ्गरिहेको हुन्छ । धेरैलाई थाहा नहुनसक्छ, औला पड्काउदा आवाज किन निस्कन्छ ?

अमेरिका र फ्रान्सका शोधकर्ताहरुले जनाएअनुसार यसको कारण गणितको तीन समिकरणको मद्दतले बताउन सकिन्छ । उक्त मोडललाई आधार मान्ने हो भने यो कुरा प्रमाणित हुन्छ कि हड्डीको जोर्नीमा जुन तरल पदार्थ हुन्छ, त्यसमा रहेको फोका फुट्नाले यस्तो आवाज निस्कने गर्छ ।

यहाँ अचम्मको कुरा त के छ भने यस विषयमा वर्षौदेखि बहस चलिरहेको छ ।

प|mान्सका विज्ञानका छात्र विनित चन्द्रन सुजाले कक्षामा आˆनो औंला पड्काइरहेका थिए, जब उनलाई यसबारे जानकारी हासिल गर्ने जिज्ञासा पैदा भयो ।

आˆना अध्यापक डा. अब्दुल बरकतसित मिलेर उनले गणितीय समीकरणको एक सिरिज तयार पारे, जसको मद्दतले औला र नाडी पड्काउँदा किन र कसरी आवाज आउँछ भन्ने कुरा बताउन सकियोस् ।

उनले बीबीसीलाई दिएको जानकारी अनुसार पहिलो समिकरणबाट के पत्ता लाग्यो भने जब हामी आफ्ना औलालाई पड्काउँछाँै, तब हड्डीको जोर्नीहरूमा अलग अलग किसिमको दवाव पैदा हुने गर्छ ।

दोस्रो, समिकरणबाट के पत्ता लाग्यो भने अलग अलग दवावका कारण फोकाको साइज समेत अलग हुने गर्छ ।

त्यस्तै तेस्रो समिकरणका क्रममा आफूहरूले विभिन्न साइजको फोकालाई आवाज आउने फोकाको साइजसित जोडेको उनले बताए ।

चन्द्रन सुजाले यो पनि भने कि यी सबै समिकरणमा एउटा गणित मोडेल तयार भयो, जसले औंला पड्काउँदा किन आवाज आउँछ भन्ने कुरा बताउने गर्छ । चन्द्रंन हाल क्यालिफोर्नियास्थित स्टेनफोर्ड विश्वविद्यालयमा पोष्ट ग्य्राजुएसन गरिरहेका छन् ।

चन्द्रनको भाषामा भन्ने हो भने जब हामी औला पड्काउछाै, त्यतिबेला हामीले औंलाको जोर्नीहरूलाई तानिरहेका हुन्छौँ । जब हामी यसो गर्छौ, तब दवाव कम हुन्छ । उक्त फोका तरल पदार्थको रूपमा रहेको हुन्छ, जसलाई साइनोवियल फ्लुड भन्ने गरिन्छ । औला पड्काउने क्रममा जोर्नीमा परेको दवाव बदलिने गर्छ, र त्यसमा बन्ने फोका पनि बढ्ने तथा घट्ने गर्छ । यसकै कारण औला पड्काउँदा आवाज आउँछ ।

विपरीत सिद्धान्त

यस मोडेलमा दुई विपरीत सिद्धान्तबीच सम्बन्ध रहेको देखिन्छ, जस अनुसार फोका फुटेमा आवाज आउँछ भन्ने कुरा सन् १९७१ मा नै सार्वजनिक भएको थियो ।

त्यसको करिब ४० वर्ष पछि नयाँ प्रयोगका दौरान यो पनि पत्ता लाग्यो कि औला पड्काएको कैयौं समय पश्चात पनि तरलका रूपमा रहिरहन्छ ।

यो खोजपश्चात यस सम्बन्धी मुद्दा हल भएकेा देखिन्छ किनभने यो पछिल्लो खोजका अनुसार फोका फुटेपछि नै आवाज निस्कने गर्छ । हात तथा औला पड्काएपछि पनि ससाना फोका तरल पदार्थका रूपमा रहिरहन्छ । यस रिपोर्टलाई साइन्टिफिक रिपोट्स जर्नलमा प्रकाशित गरिएको थियो । यसबाट के थाहा पाउन सकिन्छ भने फोका फुट्नाले जुन किसिमको दवाव पैदा हुन्छ, त्यसबाट एक किसिमको तरङ्ग पैदा हुन्छ, जसलाई गणितको समीकरणको बुझन् तथा मापन गर्न सकिन्छ । यसबाट के पनि पत्ता लगाउन सकिन्छ भने केही व्यक्तिको औला नपड्किनुको कारण भनेको औलाको बीचमा रहेको हड्डीमा ज्यादा ठाउँ हुनु हो । औलाकेा हड्डीका बीचमा धेरै खाली ठाउँ भएमा त्यसले आवाज निस्कनेसम्मको दवाव पैदा गर्न सक्दैन ।  (बीबीसी हिन्दीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment