Comments Add Comment

प्रधानमन्त्री ओलीले भने : वेथितिसामू सरकार झुक्दैन


११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार वेथितिका सामू नझुक्ने बताएका छन् ।

सरकारले थिति बसाल्न चाहेको भन्दै उनले भने, ‘कसैले दम्भ देखाउँला यो गर्छु, त्यो गर्छु भनेर । तर, सरकार वेथितीका अगाडि निहुरिँदैन । थितिमा ल्याएर छाड्छ ।’

अघि भने, ‘उहिले त तानाशाही ढाल्न आन्दोलन गरेका थियौं । गोली खानु गर्थ्यो । तर, अहिले त आन्दोलन गरेर गोली खानु पर्दैन । माया गर्ने सरकार छ । १४/१५ वर्ष जेल पनि राख्दैन । तर, केही गर्दैन भनेर जे पनि गर्ने ? त्यो पाइँदैन ।’

मदन भण्डारी स्मृति वाटिकाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले चिटिक्क परेको देश बनाउन चाहेको बताए । अब विकासलाई गति दिइने बताए ।

बाटामा धुलो नउड्ने, काठमाडौं मोनो रेल कुद्ने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले भन्छन्, तानाशाहीको लक्षण देखियो । मेलम्चीको पानी आउँदैछ, विजुली जाँदैन, मेट्रो बन्छ, अनि आएन त तानाशाही ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment