+
+
Shares

सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १२ गते १२:५४

१२ वैशाख, काठमाडौं । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ ।

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा उनले आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्य आरम्भ गरिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले अब छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने घोषणा पनि गरे ।

उनले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्यविधि र निर्देशिका निर्माणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले विद्युतीय प्रणालीबाट सुरु गरिएको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन मातहतका निकायलाई पनि निर्देशन दिए ।

यो सेवा केन्द्र बुधबार करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ । आगामी आर्थिक वर्षभित्र देशभर यो सेवालाई विस्तार गर्ने योजना बनाइएको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?