Comments Add Comment

मरिष्कासँग मज्जाले रोमान्स गर्न नपाएको कविरको गुनासो (भिडियो)

'कुर्ता लगाउने यूवतीसँग हुरुक्कै हुन्छु'

बैशाख २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लम्फू’ को शिर्ष भूमिकामा काम गरेका नव-नायक कविर खड्काको सानैदेखि हिरो बन्ने सपना थियो । चलचित्रको हिरो बन्नका लागि उनी फिल्म कलेजमा भर्ना भए ।

सुरुमा त उनलाई अभिनय जाबो के हो र भन्ने लागेको थियो । तर, अभिनय पढ्दै गर्दा उनलाई आफूलाई त केही पनि नआउने रहेछ भन्ने लाग्यो ।

चलचित्रमा काम गर्नका लागि उनले अडिसन पनि धेरै दिएका छन् । तर, कहिले अडिसन दिएका चलचित्र नबन्ने त कहिले रिजेक्ट हुँदा उनलाई हैरानी नै भएको थियो ।

कविरसँग गरिएको ‘फ्रेस फेस’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः

तर, चलचित्र ‘लम्फू’का लागि दिएको अडिसनमा पास भएपछि कविर सो चलचित्रको नायक बने र आफ्नो सपना पुरा गरे । तर, उनलाई लामो यात्रा गर्नुछ । उनी भन्छन्-‘लम्फू युवाहरुको कथा हो । उद्देश्यविहिन यूवाहरुको पीडा र उनीहरुको यात्राको कथामा फिल्म बनेको छ । मैले, आफ्नो शतप्रतिशत काम यसमा गरेको छु ।’

कविरले ‘लम्फू’ चल्ने आधार के देखेका छन् त ? उनले उल्टै सोधे, ‘चलचित्र चल्ने आधार यही नै हो भनेर म कसरी भन्न सक्छु र ?’ कविर यो चलचित्र रिलिज अगाडि अन्य चलचित्रमा हात नहाल्ने मुडमा छन् । त्यसो त उनलाई लभ स्टोरी चलचित्र खेल्ने रुची छ । यस्तो चलचित्रमा आफूले अझ धेरै काम गर्न सक्छु भन्ने उनलाई लाग्छ । ‘लम्फू’मा उनले नायिका मरिष्का पोख्रेलसँग रोमान्स गरेका छन् ।

तर, चलचित्रको कथावस्तु भिन्न भएकाले धेरै रोमान्स गर्न नपाएको बताउने कविरले फेरि मरिष्कासँग नै एकपटक रोमान्स गर्न मन लागेको बताए ।

कुर्ता लगाएकी यूवती देखेपछि हुरुक्कै हुने कविर जीवनमा प्रेममा नपरेको बताउँछन् । उनले भने-‘एकतर्फी प्रेम त धेरै भयो । तर, मैले प्रेम प्रस्ताव नै राख्न सकिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment