+
+

यी तीन राशिका युवतिहरू हुन्छन् सार्‍है आकर्षक

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १३ गते १३:०१


ज्योतिषमा जम्मा १२ वटा राशि बताइएको छ । राशिअनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ । त्यसैगरी शरीरको बनोट, अनुहारको आकर्षण, कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ । यहाँ तिनै राशिमध्ये तीन राशिका युवतिहरूको विषयमा ५-५ वटा जानकारी दिइएको छ जो राशिकै कारण सर्वाधिक आकर्षक हुन्छन् ।

वृष राशि (नामको सुरु अक्षर:  ई, ऊ, ओ, वा, वी, वू, वे, वो)

-यो राशिका युवतिहरूको व्यक्तित्व सार्‍है आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतिप्रति आकषिर्त हुन्छन् ।

-यो राशिका युवतिहरू मेहेनती हुन्छन् । यसै कारणले गर्दा आफू लागेको क्षेत्रमा सहजै लक्ष्य हासिल गर्छन् ।

-यिनीहरूको बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ ।

-यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा सदैव थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।

-यो राशिका युवति तथा महिलाहरूको जीवनमा आरोह-अवरोहको स्थिति बनिरहन्छ ।

मिथुन राशि (नामको सुरु अक्षर :  का, की, कू, घ, ङ, छ, के, को, हा)

-यो राशिका युवतिहरू झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक व्यक्तित्वका धनी हुन्छन् । यिनीहरूको स्वभाव पुरुषहरूलाई आकषिर्त गर्ने खालको हुन्छ ।

-यिनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् ।

-यो राशिका युवतिहरूमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् ।

-यिनीहरू दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।

-यो राशिका युवतिहरूले पत्रकार, लेखक तथा योजनाकारका रूपमा पहिचान बनाउन सक्छन् ।

वृश्चिक राशि (नामको सुरु अक्षर : तो, ना, नी, नू, ने, नो, या, यी, यू)

-वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ । यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ ।

-यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्कीय आकर्षण हुन्छ ।

-यिनीहरूको कुराकानी गर्ने आप\mनै प्रकारको विशेष शैली हुन्छ । यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन् ।

-यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ । यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन । यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन् ।

-वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् अर्थात् यिनीहरूले कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन् । यद्यपि यिनीहरू उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?