+
+
Shares

सिवानीको बोल्ड बन्ने रहर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १३ गते १२:५२


सिवानी गिरी चलचित्र ‘कहि कतै’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । यो चलचित्रलाई उनकी आमा उमा बेबीले निर्माण गरेकी हुन् । चलचित्रको लेखन तथा निर्देशनको काम सविर श्रेष्ठले गरेका हुन् ।

यो चलचित्रको गीत रिलिज कार्यक्रममा उपस्थिती सिवानीले आफूलाई बोल्ड देखाउने प्रयास गरिन् । चलचित्रको एक गीत सार्वजनिक भएसँगै उनले चलचित्र क्षेत्रमा सम्भावना पनि देखाएकी छिन् ।

सिवानीसँगै यो चलचित्रमा नव-कलाकार सोनम बारफुङ्पाले पनि अभिनय गरेका छन् । यी दुइको साथमा चलचित्रमा उमा बेबी, किशोर खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।

लभ स्टोरी कथामा बनेको यो चलचित्रलाई साउनको अन्तिम साता रिलिज गर्ने तयारी गरिएको छ । सिक्किममा विभिन्न सौन्दर्य प्रतियोगीता जितेर चर्चा कमाएकी सिवानीले आफ्नो बोल्ड छवि र अभिनयले चर्चा पाउलिन् त ? चलचित्र रिलिजसम्म नै कुरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?