१३ वैशाख, काठमाडौं । प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि सरकारले फेरि अध्यादेश ल्याएको छ ।
सरकारले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, राष्ट्रियसभा निर्वाचन अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश ल्याएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चारवटै अध्यादेश जारी गरेकी छन् ।
संसदको पहिलो बैठक सुरु भएको ६० दिनभित्र अध्यादेश पारित गरेर प्रतिस्थापन विधेयक ल्याउनुपर्छ । फागुन २१ मा संसदको पहिलो बैठक बसेको थियो ।
यो बीचमा अध्यादेशहरु पास भयो तर, प्रतिस्थापन विधेयक आउन सकेन, जुन वैशाख १९ भित्र आइसक्नुपर्छ । तर, संसदको अधिवेशन तेस्रो साता मात्र बोलाउने तयारी छ । त्यसैले सरकारले फेरि अध्यादेशकै सहारा लिएको छ ।
प्रतिक्रिया 4