Comments Add Comment

सामसुङका ग्राहकहका लागि कुकिङ क्लास हुँदै


१४ वैशाख, काठमाडौं । सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्सले माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गर्ने भएको छ । यो कार्यक्रम बैशाख १७ गते दरबार मार्गको सामसङ्ग प्लाजामा देउसो २ बजे देखि हुँदैछ ।

सामसुङ्गको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरूलाई सामसङ्गका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउनु भएको कम्पनीले जनाएको छ । यो कार्यक्रममा सामसङ्ग प्लाजाका प्रतिनिधिहरूबाटै प्रशिक्षण गराइने छ ।

माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागीहरूले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर विविन्न परिकारका खानेकुराहरू पकाउन सिकाइने छ । साथै, पकाउँदा अपनाउनुपर्ने सेफ्टीको विषयमा समेत जानकारी दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment