+
+
Shares

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १६:०६

१४ वैशाख, डडेल्धुरा । डडेल्धुराको पर्शुराम नगरपालिका–९ गाईबादे (उदेश्वर) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।

शुक्रबार बिहान १० बजे पर्शुराम नगरपालिका–९ गाईबादेदेखि ढुंगा लोड गरेर देवरीतर्फ जाँदै गरेको से १ त ५३३८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी परशुराम नगरपालिका ९ का ट्याक्टरमा मजदुरी गर्ने ५५ वर्षीय नन्दसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

दुर्घटनामा परशुराम नगरपालिका-९ कै चालक लाल धामी, नविन बोहरा, पुस्कर बोहरा, युवराज बोहरा र रतन बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

घाइते मध्ये पुस्कर बोहरालाई जोगबुडा अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरेको छ । घाइते अन्य ४ जनाको जोगबुडा अस्तपतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?