+
+
Shares

नमिलेका विषयमा सहमति खोज्न ओली र प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १७:५०
फाइल तस्वीर

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार साँझ छलफलमा जुटेका छन् ।

पार्टी एकतामा नमिलेका विषयको सहमति खोज्न अध्यक्षद्वय ओली र प्रचण्डले बालुवाटारमा छलफलका लागि भेटवार्ता गरेका हुन् ।

यही वैशाख ९ गते लेनिन दिवसका अवसरमा पार्टी एकता गर्ने भनिएपछि एकता टरेपछि पुनः एकताको नयाँ मिति तय गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको मिति शुक्रबार नै तोकिने यसअघि नै बताएका थिए । तर, शुक्रबार पनि एकताको मिति घोषणा हुन सकेको छैन ।
यसअघि मे १ को दिन एकता घोषणा गरिने चर्चा समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?