Comments Add Comment

‘नाई नभन्नु ल ५’मा दिलिप र निरुताको प्रेम(फोटो र भिडियोसहित)

नायिका निरुता सिंह करिब ८ बर्षपछि शनिबार बिहान काठमाण्डौको पिपुल्स प्लाजामा रहेको ‘केकेएफसी रेष्टुरेन्ट’मा एक्सन र कटमा रमाइन् । निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको चलचित्र ‘नाई नभन्नु ल ५’मा निरुता केमियो भूमिकामा छिन् । उनको साथमा नायक दिलिप रायमाझी र बाल–कलाकार अनुभव रेग्मीको दृश्य छायांकन गरिएको हो ।

निरुताको भूमिकाको बारेमा निर्देशक आचार्यले भने–‘यो चलचित्रमा निरुताको विशेष भूमिका छ । उनी, अनुभवकी आमाको भूमिकामा छिन् । जसलाई दिलिपले मन पराउँछन् । उनीहरुविच भएको कुराकानीको दृश्यको छायांकन हामीले गरेका हौ ।’

चलचित्रमा दिलिप भने नायिका प्रियंका कार्कीको श्रीमान्को भूमिकामा छिन् । भदौ ८ गतेबाट रिलिज हुने चलचित्रमा स्वस्तिमा खड्का, नव–नायक अभिषेक नेपाल मुख्य भूमिकामा छन् । विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत छ । चलचित्रको अब एक गीतको मात्र छायांकन गर्न बाँकी रहेको निर्देशक आचार्यले बताए ।

नायिका निरुता सिंहले छोटो भएपनि महत्वपूर्ण भूमिका भएकाले आफू काम गर्न तयार भएको बताइन् । उनले भनिन्–‘यो त मेरो कमब्याकको सानो ट्रेलर मात्र हो । चाडै नै पुरा चलचित्रमा देखिनेछु ।’

तस्बिर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment