Comments Add Comment

प्रदेश प्रमुखको प्रश्न-अरुका छोरीछोरीलाई तँ, आफ्नालाई आइस्यो गइस्यो ?

१६ वैशाख, काभ्रे । शिक्षा क्षेत्रमा अनुशासनको महत्व धेरै हुने भएपनि अनुशासनमा कतिपय शिक्षकहरु नै नबस्नु दुखद भएको प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालले बताएकी छन् ।

काभ्रेको बेथानचोक गाउँपालिका ४ चलाल गणेश स्थानको कालीका माबिको भूकम्पपछिको पुनर्निर्माण भएको भवन उद्घाटन गर्दै प्रदेश प्रमुख कोइरालाले विद्यार्थीहरुले शिक्षकहरुबाट धेरै ज्ञान पाउने भएकाले शिक्षकहरु आफै पहिले अनुशासित बन्नु पने बताइन् ।

‘शिक्षा दिने शिक्षकले घरमा आफ्ना बालबालिकालाई आदार-अनादार सिकाउने, आइस्यो गइस्यो भन्ने अनी विद्यालयमा चाही शिक्षक भएर तँ, तँ गर्ने के यो सुहाउँछ त ?’ उनले शिक्षकहरुलाई आग्रह गर्दै भनिन्, ‘तपाइँ नभने पनि बालमैत्री रुपमा तिमि भन्दिनुस्’,।

हरेक विद्यालयमा सुरक्षित र व्यवस्थित शौचालयको प्रवन्ध भएमा विद्यार्थीहरुमा हुने विभिन्न खाले हिंसामा समेत कमी आउने उनले स्पष्ट पारिन् ।

भूकम्पले पूर्ण क्षती गराएको विद्यालयको ४ वटा कोठा भवन माइती नेपालले ७४ लाख आर्थिक सहयोगमा निमार्ण गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment