Comments Add Comment

आश्माको ‘डामे तु कोसिता’ डान्स ३ हप्तामै एक करोड भ्यूज


नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो विश्वभरका दर्शकले मन पराएका छन् । यूट्यूवमा अपलोड भएको २० दिनभित्रै यो भिडियोले एक करोडभन्दा बढि भ्यूज पाइसकेको छ ।

नेपालबाट अपलोड भएको मध्ये सबैभन्दा बढि हेरिएको भिडियो फिल्म २ रुपैयाँको ‘कुटुमा कुटु’ लाई मानिन्छ । या गीतको भिडियोलाई करिब एक वर्षमा झण्ड्रै ६ करोडपटक हेरिसकिएको छ । यदि आश्माको भिडियोले यही रफ्तारमा अगाडि बढिरह्यो भने कुटुमा कुटुलाई चुनौति दिन सक्नेछ ।

भिडियोमा आस्माले दुरुस्तै एलियनजस्तै डान्स गरेकी छिन् । उनलाई धेरै देशका दर्शकहरुको सकारात्मक कमेन्ट प्राप्त भएको छ । करिब ५ हजार कमेन्टमा धेरैले अहिलेसम्म हेरेको यो च्यालेन्जको सबैभन्दा राम्रो डान्स भनेर प्रतिक्रिया दिएका छन् ।

‘यसले प्रमाणित गर्छ कि मानिसले जे कुरा पनि एलियनभन्दा राम्रो गर्न सक्छन्,’ द वल्र्ड नामबाट पोष्ट भएको कमेन्टमा लेखिएको छ । मोहम्मद मेमोन नामका व्यक्तिले यो भिडियो हेरेर आफूले नेपाललाई माया गर्न थालेको उल्लेख गरेका छन् ।

सुनिता राईले लेखेकी छिन्, ‘आश्मा दिदीको शरीर कति लचिलो, जता लच्कायो, त्यतै लच्किने ?’ बाल हा नामका व्यक्तिले लेखेका छन्, ‘उनको हरेक मुभ पर्फेक्ट छ र यति सेक्सी गलफ्रेन्ड पाउने व्यक्ति निकै लक्की हो ।’

के हो डामेे तु कसिता ?
‘डामे तु कोसिता’ एउटा स्पेनिस गीत हो जुन आजभन्दा २० वर्ष अगाडि नै रेकर्ड भएको थियो । पानामाका कलाकार एल चोम्बोले यो गीत गाएका हुन् । डामे तु कोसिताको अर्थ हुन्छ, ‘मलाई त्यो सानो चिज देउ’ । ‘सानो चिज’ भन्नाले यौनजन्य संकेत गरिएको हो ।

सन् २०१५ मा यो गीतमा एलियनले डान्स गरेको भिडियो यूट्यूवमा आएको थियो । त्यसको तीन वर्ष पछि अर्को सुधारिएको ग्राफिक्स भर्सन आयो जुन भाइरल भइरहेको छ । यो भिडियो एक महिनाभित्रै २० करोडभन्दा बढिपटक हेरिएको छ । अर्कोतर्फ यो भिडियोको कभर डान्स बनाउने विश्वव्यापी होड चलिरहेको छ जसमा बालकदेखि युवा र वृद्धबृद्धासम्म सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment