Comments Add Comment

११ नम्बरको फुटबल जर्सीमा यस्ता देखिए अनमोल


चलचित्र ‘कृ’का लागि आफ्नो शरीर सुगठित बनाएका नायक अनमोल केसीले अहिले नयाँ चलचित्र ‘क्याप्टेन’का लागि तौल घटाएका छन् । फुटबल खेलाडीको रुपमा आफूलाई ढाल्नका लागि उनले आफ्नो तौल घटाएका मात्र छैनन्, कपालको स्टाइल पनि परिवर्तन गरेका छन् ।

यो चलचित्रको छायांकन आइतबारबाट इलाममा सुरु भएको छ । अहिले ३ दिनमात्र दृश्य छायांकन हुनेछ । यसपछि, ब्रेक लिएर यो चलचित्रको छायांकन करिब २ सातापछि सुरु गरिनेछ । इलामका फुटबल खेलाडीहरु पछि तालिममा व्यस्त हुने भएकाले अहिले नै समय मिलाएर दृश्य खिचिएको हो ।

फुटबल जर्सीमा अनमोलको तस्बिर सार्वजनिक भएको छ । उनले ११ नम्बरको जर्सी लगाएका छन् । चलचित्र छायांकनका लागि निर्माता भूवन केसी, निर्देशक दिवाकर भट्टराई, नायक अनमोल, नायिका उपासना सिंह ठकुरी, अभिनेता सरोज खनाल र एक्सन निर्देशक चन्द्र पन्त इलाम पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment