Comments Add Comment

प्याब्सन र हिसानका पदाधिकारीलाई राजीनामा गर्न चेतावनी

१७ वैशाख, बुटवल । राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले निजी विद्यालयहरुका संगठन प्याब्सन, हिसान र एन प्याब्सनका पदाधिकारीलाई पाँच दिनभित्र राजीनामा दिन चेतावनी दिएको छ ।

अल्टिमेटम दिइएको म्यादभित्र राजीनामा नदिए कार्यसमितिलाई कुनै पनि काम गर्न नदिने अखिल छैठौंका केन्द्रीय अध्यक्ष विमल पोखरेलले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘ पाठ्यपुस्तक, स्टेशनरी र ड्रेसहरुमा सिण्डिकेट खडा गरिएको छ, यस्ता कार्यले निजीकरण, व्यापारीकरण र माफियाकरणलाई झन् बढावा दिँदै आएकाले प्याब्सन, एन प्उाब्सन र हिसानजस्ता संस्थाहरुको औचित्य समाप्त भएको छ ।’

विज्ञप्तिमा अगासिड भनिएको छ- सबै पदाधिकारीहरुले राजीनामा गर्नुभई शैक्षिक निजीकरण र व्यापारीकरण विरुद्धको हाम्रो आन्दोलनमा सहयोग गर्नुहुन अनुरोध छ ।

यो दबावपत्र प्राप्त भएको मितिले ५ दिनभित्र राजीनामा नदिएमा तपाई र कार्यसमितिलाई कुनै पनि कार्य गर्न निदिइने जानकारी गराउन चाहन्छौं । यदि प्याब्सन, एन प्याब्सन र हिसान कार्यसमितिले राजीनामा नदिई कुनै कार्य वा निर्णय गरेको पाइएमा त्यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment