Comments Add Comment

खलंगामा नेवारी संस्कृति झल्किने ढुंगेधारा निर्माण

वैशाख १७, काठमाडौं । झण्डै ३ सय वर्ष पुरानो नेवार बस्तीका रुपमा रहेको प्युठान सदरमुकाम खलंगामा ८ वटा ढुंगेधारा निर्माण गरिएको छ । करिब ४० लाख रुपैयाँको लागतमा ती ढुंगेधाराहरु निर्माण गरिएको हो ।

ती ढुंगेधाराको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले उदुघाटन गरेका छन् । उद्घाटनका क्रममा पोख्रेलले पुरानो परम्परा र संस्कृति जोगाउने आˆनो अभियानलाई सफल बनाउन सहयोग पुर्‍याएकोमा खलंगाबासीलाई धन्यवाद दिए । उनले खलंगालाई ५ नम्बर प्रदेशको बन्दीपुरको रुपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

ढुंगेधारा निर्माणका लागि मल्लरानी गाउँपालिका  वडा नम्बर ४ ले पनि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष कुमार श्रेष्ठले बताए ।

खलंगाबाहेक नेवार समाजको वाहुल्यता रहेको विजुवारको भौकामा पनि यस्तै धारा निर्माण गरिने इञ्जिनियर सन्तोष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment