+
+
Shares

मसालले भन्यो- मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते ५:००

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति निकालेर भनेका छन्, ‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।’

नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको आरोप मसालले लगाएको छ ।

त्यसैले मसालको विज्ञप्तिमा लेखिएको छ, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौं ।’

मोदीको नेपाल भ्रमणको उद्देश्य विस्तारवादी नीति अन्तर्गत नै हुन लागेको मसालको ठहर छ ।

मोदी वैशाख अन्तिम साता नेपाल आउने तयारीमा छन् तर सरकारले भ्रमणको कार्यसूची सार्वजनिक गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि ठोस एजेण्डाविना मोदी नेपाल आउन खोज्नुले बिभिन्न शंका उब्जाएको कुटनीतिक क्षेत्रका जानकार बताउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?