Comments Add Comment

कस्तो छ ‘मे’ महिनामा जन्मेकाहरुको भाग्य ?


कुनै पनि सालको मे महिनामा जन्मनेहरूका विषयमा एस्ट्रोलोजीले भन्छ- यिनीहरू आकर्षक एवं लोकप्रिय हुन्छन् । केही लापरवाह तथा केही सन्काहा । एक पटक कुनै कुरा गर्छु भनेर आँटे भने त्यो पूरा गरेरै छोड्छन् । मे महिनामा जन्मनेहरू एक नम्बरका घमन्डी हुन्छन् तर यिनीहरूमा त्यागको भावना पनि उत्तिकै प्रबल हुने गर्छ ।

मे महिनामा जन्मनेहरू राजसी स्वभावका हुन्छन् । यिनीहरूलाई हरेक कुरा शाही ठाँटबाँटको चाहिन्छ तर सदैव यी कुराको आशा अरूबाट राख्छन् । घर सफासुग्घर चाहन्छन् तर आफू केही नगरी घरपरिवारका अन्य सदस्यले यो काम गरून् भन्ने चाहन्छन्, आखिर राजसी स्वभावका न परे ! यिनीहरूको विशेषता के भने यिनीहरू भीडमा पनि अलग्गै देखिने वा चिनिने खालका हुन्छन्, यिनीहरूको आकर्षक व्यक्तित्वमा एक प्रकारको चुम्बकीय शक्ति हुन्छ जसले अरूलाई सहजै आकषिर्त गर्छ ।

यिनीहरू सुव्यवस्थित हुन्छन् । यिनीहरूसँग गजबको ड्रेसिङ सेन्स हुन्छ । सदैव चिरिच्याँट्ट परेर हिँड्न रुचाउँछन् । विपरीत लिङ्गीहरूका लागि यिनीहरूको व्यक्तित्व रहस्यमयी हुन्छ ।

मे महिनामा जन्मने युवायुवतिहरू प्रेमका विषयमा सिद्धान्दवादी हुन्छन् । आलोकाँचो तथा छुद्र व्यवहार यिनीहरू पटक्कै रुचाउँदैनन् । प्रेमको उच्चतम आदर्श स्थापित गर्ने आकांक्षा पनि हुन्छ यिनीहरूमा । कतिपय व्यवहारका आधारमा भन्दा यिनीहरू घोर परम्परावादी हुन्छन् ।

मेमा जन्मने युवतिहरू प्रायः डोमिनेटिङ स्वभावका हुन्छन् । यिनीहरू वचनका पक्का हुन्छन् । मित्रता निर्वाह गर्ने सवालमा यिनीहरू अतुलनीय हुन्छन् । प्रेम होस् वा विवाह, यौनसम्पर्कलाई यिनीहरू गम्भीर विषय ठान्छन् । विवाहअघि यौनसम्पर्क राख्न वा सामाजिक मर्यादाको सीमा नाघ्न रुचाउँदैनन् ।

मे महिनामा जन्मने युवाहरू सफल पत्रकार, लेखक, कम्प्युटर इन्जिनियर, पाइलट, डाक्टर वा निजामति कर्मचारी हुन्छन् । राजनीतिमा सफलता पाउन निकै गार्‍हो पर्छ, तर केही गरी सफल भइहाले भनेचाहिँ अति नै लोकपि्रय हुन्छन् र मरेपछि पनि जनताको सम्झनामा रहिरहन्छन् । फेसन डिजाइनिङको क्षेत्रमा पनि यिनीहरू सहजै सफलताको उचाइमा पुग्न सक्छन् ।

मे महिनामा जन्मने महिलाहरू सुगर इगोले ग्रस्त हुन्छन् । बढी संवेदनशील तथा छिनछिनमै रिसाउने स्वभाव पाइन्छ । यिनीहरूको मनभित्र प्रेमको अथाह सागर उर्लिरहेको हुन्छ जुन यिनीहरूको नजिकका व्यक्तिले मात्रै थाहा पाउन सक्छन् । बाहिरी व्यक्तिहरूका लागि यिनीहरू अत्यन्त कठोर देखिन्छन् । एक पटक कसैले विश्वासघात गर्‍यो भने तिनीहरूसँग यिनीहरूको सम्बन्ध पुनः गाँसिन सक्दैन ।

सुपर इगो त्याग्ने हो भने यिनीहरू सबैको प्रिय हुनसक्छन् । प्रेमप्रति समर्पण तथा यौन क्षमता पनि यिनीहरूमा प्रचुर मात्रामा पाइन्छ । कसैप्रति खुसी हुँदा आफू नांगिएर पनि सबै कुरा दिने स्वभावले कहिलेकाहीँ समस्यामा पार्नसक्छ यिनीहरूलाई । त्यसप्रति सचेतता अपनाउनु आवश्यक छ ।

मे महिनामा जन्मनेहरू कहिलेकाहीँ अरूका लागि यतिसम्म गरिदिन्छन् कि सामुन्नेवाला वा फाइदा पाउनेवालाले यिनीहरूको कदर गर्दैन । आफूले फाइदा लिइसकेपछि उल्टो यिनीहरूलाई नै दोष लगाएर हिँड्छन् । यिनीहरूका शत्रु पनि धेरै हुन्छन् । खासमा कुरा के भने यिनीहरूको मन सफा हुने भएकाले अरूलाई पनि त्यस्तै ठानेर आफूले व्यवहार गर्छन्, केही भनिदिन्छन् जुन अरूलाई मन नपर्न सक्छ । यिनीहरूले आफ्नो बारेमा बढाइचढाइ कुरा गर्ने तथा फुटानी झार्ने बानी छाड्नु आवश्यक छ । साथै अरूलाई महत्व दिने हो भने आफ्नो महत्व पनि स्वतः बढ्छ भन्ने कुरा यिनीहरूले बुझ्नुपर्छ ।

भाग्यशाली अंकः २, ३, ७ र ८
भाग्यशाली रंगः सेतो, नीलो र मेहन्दी रंग
भाग्यशाली दिनः आइतबार, सोमबार र शनिबार
भाग्यशाली रत्नः नीलम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment