Comments Add Comment

चिर्पटले हान्दा बुहारीको मृत्यु, ससुरा पक्राउ

१९ वैशाख, काभ्रे । जिल्लाको चौरी देउराली गाउँपालिका – ५ गनेटारमा एक महिलालाई आफ्नै ससुराले चिरपटले हिर्काउदा मृत्यु भएको छ ।

स्थानीय ५१ वर्षीय  पदमलाल चौलागाइले बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई चिर्पटले हिर्काउँदा मृत्यु भएको काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

गत सोमबार घरायसी झगडामा ससुरा पदमलालले आफ्नै बुहारीलाइ चिरपट दाउराले हानी मृत्यु भएपछि नजिकैको जंगलमा पुरेर फरार भएका प्रहरीले जनाएको छ ।

बुधबार आफुन्तले दिएको सूचनाका आधारमा प्रहरीले ससुरा पदमलाललाई धुलिखेलस्थित हस्पिटल चोकबाट पक्राउ गरेको छ । शव लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले विपनाकी सासु जमुना चौलागाइ र नन्द सन्तोषी चौलागाइलाईसमेत प्रहरी पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

बुहारीले आफ्नो औला टोकेपछि प्रतिकारमा चिरपट दाउराले हान्दा उसको ज्यान गएको पदमलालले बयानमा बताएका प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान् नुवाकोटामा ज्यामी काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment