Comments Add Comment

फेसबुक डाटा चोरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द

२० वैशाख, काठमाडौं । फेसबुक प्रयोगकर्ताका गोप्य सूचना चोरेर अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सघाएको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।

राजनीतिक पार्टीहरुलाई परामर्श दिने यो कम्पनीमाथि करिब ९ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरेको आरोप लागेको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै व्यवसाय बन्द गर्न लागिएको जानकारी दिएको छ । आफूमाथि लगाइएका आरोपको खण्डन पनि सोही सूचनामार्फत् गरिएको छ ।

क्याम्बि्रज एनालिटिकाकी प्रवक्ता क्लरेन्स मिचेलबाट जारी सूचनामा लेखिएको छ, ‘कही महिनायता म्याम्ब्रिज एनालिटिका माथि आधारहिन आरोप लागेको छ । यसबाट कम्पनिको बदनाम गरियो । हामीलाई हाम्रा कर्मचारीहरुप्रति पूरा भरोसा छ कि उनीहरुले हमेशा नैतिक र कानुनी रुपबाट सही काम गर्दै आएका छन् । मिडिया कभरेजको कारण कम्पनीका लगभग सबै ग्राहक र सप्लायरहरु गायब भएका छन् । यसका कारण अब यस व्यवसाय चलाउन आर्थिक रुपबाट फाइदा छैन ।’

क्याम्ब्रिज एनालिटिकाले गोप्य सूचना चोरी गरेको खबर सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जकरबर्गले आफूहरुबाट गल्ती भएको स्वीकारेका थिए । उनले फेसबुक प्रयोगकर्ताको सुरक्षाका लागि थप कदम चालिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment