+
+
Shares

‘साकुरा नाईट-३’का लागि आधा दर्जन कलाकार टोकियोमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते १५:४८

  ३ मे, टोकियो । ‘साकुरा नाइट-३’का कलाकार जापानको राजधानी टोकियो आइपुगेका छन् ।

गोल्डेन विकको अवसरमा मे ३ तारिखमा टोकियोमा हुने ‘साकुरा नाइट-३’का लागि लोक गायक मिलन लामा, गायिका मिलन नेवार अमात्य, गायक हेमन्त शर्मा, गायक कमल खत्री, हाँस्यकलाकार सन्दिप क्षेत्री बुधबार टोकियोस्थित नारिता एयरपोर्ट ओर्लिएका हुन् ।

कार्यक्रमकै लागि सञ्चारकर्मी नरेश भट्टराई यसअघि नै टोकियो आइपुगेका थिए ।

सूर्य कर्पोरेशन र गृष्मा इन्टरटेन्टमेन्टको संयुक्त सहकार्यमा विगत तीन वर्षदेखि ‘साकुरा नाइट’ आयोजना गर्दै आएको छ ।

कार्यक्रमको मुनाफा मानवसेवा आश्रमलाई सहयोग गर्ने सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले बताए । आयोजकले गत वर्षको कार्यक्रमको मुनाफाबाट पनि १ लाख ११ हजार १११ रुपियाँ सोही संस्थालाई सहयोग गरेको थियो ।

कार्यक्रममा जापानमै रहेका राजेश र लक्ष्मी केसीको जोडी र बालकलाकार दिव्या नेपालको पनि नृत्य रहने अध्यक्ष लामिछानेले बताए । कार्यक्रम टोकियोस्थित नाकानो जिरो हलमा हुँदैछ ।

नेपालका चल्तिका कलाकारको साथमा हुन लागेको ‘साकुरा नाइट-३’ टोकियोपछि ४ तारिखका दिन नागोया र ५ तारिख ओशाकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?