Comments Add Comment

उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्

२१ वैशाख, काठमाडौं । उपभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । उनीहरुले सडकमा अलपत्र परेका यात्रुलाई लिफ्ट दिएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन अपील गरेका छन् ।

यातायात उपभोक्तावादी रामबहादुर थापा सार्वजनिक सवारी रोकिँदा यात्रु मारमा परेको बताउँछन् । निजी सवारी नरोकिएकाले आज देशभर निजी गाडीहरुलाई ‘लिफ्ट’ दिन अपील गरे ।

सिन्डिकेटका पक्षमा रहेका यातायात व्यावसायीले देशभर आज सार्वजनिक सवारी ठप्प परेका छन् । यसले धेरै यात्रुलाई सास्ती भएको छ । गन्तब्यमा हिँडेका यात्रुले सवारी साधन पाइरहेका छैनन् । तर, निजी सवारी साधन सहज ढंगले चलिरहेका छन् ।

त्यसैले आज सार्वजनिक सवारी कुरिरहेका यात्रुलाई निजी सवारी चालकहरुले पनि सहयोग गर्न सक्ने अवस्था छ ।

सामाजिक उत्तरदायित्व

यातायात व्यवस्था विभाग पनि भाडा नउठाइ निजी सवारीले सेवाका रुपमा लिफ्ट दिन कानुनले नरोक्ने बताउँछ । प्राइभेट सवारीले मानवीयताका आधारमा सेवा दिए त्यसले नागरिकको सास्ती कम हुने विश्वास विभागको पनि छ ।

तर, सार्वजनिक रुपमा विभागले यस्तो अपील भने गरेको छैन ।

उपभोक्ताकर्मीले भने यो पटक सिन्डिकेटविरुद्धको लडाइँ वारपार हुनुपर्ने भन्दै सिन्डिकेटको पक्षमा रहेका व्यवसायीलाई घुँडा टेकाउन निजी सवारी धनीले भूमिका खेल्न सक्ने बताएका छन् ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जन निजी सवारी साधनले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउँछन् ।

‘आफू जाने गन्तब्यसम्म सवारी अटाउने यात्रु राखेर लैजाँदा त्यसले उपभोक्ताको सास्ती कम हुन्छ । सामाजिक सेवालाई पनि त्यसले झल्काउँछ,’ महर्जनले अनलाइनखबरसँग भने, ‘कानुन मान्दिनँ भनेर सेवा रोक्ने व्यावसायीलाई गलाउन पनि यसले भूमिका खेल्छ । नागरिकबीचको एकताले नै सिन्डिकेटको अन्त्य हुनसक्छ ।’

यी पनि पढ्नुस्
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस

उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्

सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर) 

कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची 

देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग 

सडकमा ट्याक्सी र ई–रिक्साको मनपरि, सरकार कहाँ छ ? 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment