Comments Add Comment

कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे

पक्राउ गर्न अध्यक्ष साइको चुनाैती

२१ वैशाख, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले सिन्डिकेटको समर्थन गर्ने यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्ने निर्देशन दिएपनि कास्कीका व्यवसायी भने समातिएका छैनन् ।

पोखराका कुनैपनि यातायात व्यवसायी सम्पर्कमा नभएको कास्कीका सहायक सीडीओ गंगा क्षेत्रीले जानकारी दिए ।

पोखरामा बिहानैदेखि कुनै पनि सार्वजनिक गाडी नचल्दा यात्रुले सास्ती खेपिरहेका छन् । गृहमन्त्रीको निर्देशनपछि देशका विभिन्न ठाउँमा सिन्डिकेट पक्षधारी व्यवसायी तथा समितिका पदाधिकारी फक्राउ पर्न थालेका छन् तर कास्कीमा भने अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

कास्कीका यातायात व्यवसायी भागे अन्य जिल्ला पुगेको खबर आएको सिडिओ तारानाथ अधिकारीले जानकारी दिए । ‘व्यवसायीलाई पक्राउ निर्देशा दिइसकेको छु । उनीहरु भागेर अन्य जिल्ला गएको खबर बुझिएको छ,’ सीडीओ तारानाथ अधिकारीले भने, ‘उनीहरु सम्पर्क आउनेबित्तिकै नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा चलाउँछौं ।’

गाडी थन्क्याएर समिति पदाधिकारी पक्राउ पर्ने डरले पोखराका यातायात व्यवसायी अन्य जिल्ला भागेको बुझिएको छ ।

पृथ्वीराजमार्ग बस व्यवसायी समिति, पोखरा नगर बस, बिन्ध्यावासिनी बस लगायत समितिले सार्वजनिक सवारी साधन थन्क्याएका छन् ।

यसअघि सिन्डिकेटको बिरुद्धमा उत्रिएको भनिएको विन्ध्यवासिनी बस व्यवसायी समिति पनि गाडी थन्क्याएर सिन्डिकेटको पक्षमा उभिएको छ ।

सार्वजनिक बस थन्क्याएर अत्यावश्यक सेवा रोक्नेबिरुछ मुद्धा चलाउन प्रशासनले निर्देशन दिइसकिएकको प्रशासनले जनाएको छ ।

सिन्डिकेटको पक्षमा उभिएका समितिको रुट इजाजत खोरज गर्ने, पदाधिकारीको सम्पति छानबिन गर्ने लगायतको तयारी प्रशासनले गरेको सहायक सिडिओ क्षेत्रीले जानकारी दिए ।

यता पृथ्जीराजमार्ग बस व्यवसायी समिति अध्यक्ष एनकुमार साइले आफू काठमाडौंमा रहेको भन्दै पक्राउ गर्न चुनौती दिएका छन् । ‘फोन आइरहेको छ । म काठमाडौं हेडक्वाटर छु । मेरा मान्छे समाउनुको साटो मलाई समाउने भए पठाइदिनुस् भनेको छु । लुटेको छैन चोरको छैन किन डराउने रु यो देशमा सुन तस्कर गर्ने खुलाआम हिँड्छन् हामी रोजगार सिर्जना गर्ने व्यवसायी समातिन्छौं ।’ अध्यक्ष एनकुमार साइले अनलाइनखबरसँग भने ।

यी पनि पढ्नुस्
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस

उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्

सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर) 

कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची 

देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग 

सडकमा ट्याक्सी र ई–रिक्साको मनपरि, सरकार कहाँ छ ? 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment