Comments Add Comment

डीभी परेर अमेरिका पुगेका मधु पन्थी बने अमेरिकाको नगर परिषद् सदस्य

४ मे,वाशिंगटन डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधु सुदन पन्थी उक्त नगर पालिकाको लागि नगर परिषद सदस्यमा निर्वाचित भएका छन् ।

नगर प्रमुखसहित ७ जना उम्मेदवारहरुमा पन्थी नगर परिषद सदस्यमा निर्वाचित भएका हुन् । पन्थीले उक्त नगर मा ९ सय घरहरुमा मत माग्न पुगेका थिए ।

निर्वाचित सबै सदस्यहरुको सपथग्रहण जुलाइ १ तारिखमा हुनेछ । सम्भवत उनी यसरी नगर क्षेत्रको निर्वाचनमा निर्वाचित हुने टाउन अफ इन्डीएन हेडका निर्वाचित उपनगर प्रमुख किरण सिटौलापछि दोश्रा हुन् ।

नवनिर्वाचित पन्थी अझ पनि नगर योजना आयुक्त हुन् । उनले सपथ ग्रहण गरेपछि उनी नगर परिषद सदस्य हुनेछन् । प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले २५ अप्रील, २०१६ तारिख नियुक्त गरेका थिए ।

टाउन अफ हे मार्केटको लागि पन्थीसहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका थिए । उनी निर्वाचित भएपछि सामाजिक संजालमा उनलाई बधाई दिनेको ऒइरो लागेको छ ।

पत्नी, १ छोरा र १ छोरीका पिता पन्थी झन्डै डेढ दशक भन्दा ज्यादा समयदेखि भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दछन ।

१५ वर्ष भन्दा ज्यादा समय अगाडी देखि अमेरिका परिवार साथ आई पुगेका पन्थी अर्घाखाची गाबिस चिदिका ९ ,मधुखेल गाउँका हुन् ।

२०४४ सालमा काठमाडौँ आई बिश्व निकेतन उच्च माध्यमिकबाट १० कक्षा उत्रिण गरेपछि २ बर्षको लागि मधुखेल गाउँमा गई समाज सेवामा संलग्न रहे ।

पन्थी सानै उमेरदेखि समाज सेवामा लाग्ने स्वभावको कारण अमेरिका आए पछि पनि त्यो मोह त्यागेनन् । फलस्वरूप उनको लगन ,मेहनत ,दुरदृष्टि तथा निस्वार्थ समाज सेवाको कारण डीसी महानगर क्षेत्रको हेमार्केटमा शहरको योजना आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुन् सफल भएका थिए । त्यो क्रम रोकिएन र त्यसै नगर मा नगर परिषद सदस्य मा समेत बिजयी भए ।

काठमाडौँको त्रिपुरेश्वरमा चिट्ठा (डिभी) भरेपछि उनी अमेरिका आएका हुन् । नेपालमा गएको महाभूकम्पको लागि आर्थिक सहयोग जुटाउन अहम भूमिका रहेको तथा नगर प्रमुख डेविड संग निरन्तर सम्पर्कमा रहेकोले उनको कामबाट प्रभावित भै उनलाई नगर योजना आयुक्तमा पदमा नियुक्त गरेका थिए ।

अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा केवल ७ महिना बसी भर्जिनियाको हे मार्केटमा बस्दै आएका पन्थी लामो समयदेखि डिसी महानगर क्षेत्रमा छन् ।

डिसी महानगर क्षेत्रका नेपाली गैर मुनाफा सामाजिक बिभिन्न संघ तथा संस्था संलग्न भएता पनि पदको लोभ उनीमा नभएको कारण नेपाली संस्थामा कुनै पनि पदमा उनि छैनन् ।

केवल समाज सेवाको लागि निस्वार्थ भावनाबाट होमिने पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् ।

नवनिर्वाचित नगर परिषद् सदस्य पन्थीले आफू सानै देखि समाज सेवामा लाग्ने भएकोले त्यसलाई अमेरिकामा पनि निरन्तरता दिएको बताए ।

उनले पहिला नगर योजना आयुक्त भएर काम गरे र आफू सन्तुष्ट छु । फेरि अर्को जिम्मेबारी थपिएको छ । यसलाई सहर्ष स्वीकार गदै आफ्नो जिम्मेबारी बहन गर्न कुनै कसर नछोड्ने बताए ।

पहिले नियुक्त पद थियो भने अब निर्वाचित हुन् पुगेकोमा मतदाता तथा सबैलाई धन्यबाद दिन चाहेको बताए ।

पन्थी भन्छन, ‘नेपाल र नेपालीको लागि नाम र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता राख्दै आफूलाई बधाई दिने सबैलाई यसै संदेशबाट कृतज्ञता दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment