+
+
Shares

आँचलको हिरो सविन, रेखा किन गायब ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १६:१०


चलचित्र ‘हिरो रिटन्र्स’को शिर्ष गीत रिलिज भएको छ । यसअघि वैशाख २८ लाई प्रदर्शन मिति तोकिएको चलचित्र अब यो मितिमा रिलिज नहुने भएको छ । चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतमले गीत रिलिज गर्दै प्रचार सुरु गरिएको बताए । यो चलचित्रको सार्वजनिक गीतमा नायक सविन श्रेष्ठ र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । तर, यो गीतमा आँचलले किन नृत्य गरिन् भन्ने खुलेको छैन ।

चलचित्रको मुख्य भूमिकामा रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ छन् । टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा टंक र मनिषा पोखरेलको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ ।

आशिष भेटवालले चलचित्रको निर्देशन गरेका हुन् भने मदनकाश्यप घिमिरे यसका छायांकार हुन् । चलचित्रमा भिम न्यौपाने र अमित श्रेष्ठको लगानी छ । यो गीतमा नायिका रेखा थापालाई फिचर नगरेपछि यसले विभिन्न खालका प्रश्न पनि उब्जाएको छ । चलचित्रलाई नायक सविन श्रेष्ठले नै प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?