+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पर्साकी सवरुन खातुनले जन्माइन् तिम्ल्याहा शिशु

सुरेश बिडारी सुरेश बिडारी
२०७५ वैशाख २१ गते १०:४०

२१ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा एक महिलाले तीन वटा बच्चा जन्माएकी छन् ।

पर्साको रतनपुर घर भएकी २७ वर्षीया सबरुन खातुनले तीन छोरा जन्माएकी हुन् । यसअघि खातुनले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निलम चौरसिया र एनेस्थियोलोजिष्ट डा रामपुकार साह नेतृत्वको टोलीले शुक्रबार शल्यक्रिया गरेर बच्चा निकालेका थिए । आमा र बच्चा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले गाइनो वार्डमा आमासँगै राखिएको छ । तीन वटामध्ये २ जनाको तौल २.५ किलो र एउटाको तौल २.४ किलो छ ।

एक सातादेखि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएकी खातुनको गर्भ ३७ हप्ताको थियो । पहिलेदेखि नै फलोअपमा रहेकोले शल्यक्रिया गर्दा सफलता मिलेको डा निलम चौरसियाले बताइन् । ‘उहाँ पहिले नै मेरो सम्पर्कमा आउनुभएको थियो, मैले पनि फलो अपमा बोलाइरहेँ’ चौरासियाले भनिन् ‘त्यसले गर्दा पनि केस कप्लिकेट हुन पाएन, हामीले अप्रेसन गर्न सफल भयौं ।’

पहिला पनि यस्तो समस्या भएका धेरै विराधी जाँच गरेकाले समस्या नभएको उनले सुनाइन् । कमै मात्रे आउने यस्तो समस्यामा सफलता पाउँदा एकदमै खुशी लागेको एनेस्थिया असिस्टेन्ट एवं स्टाफ नर्स रिंकु साहले बताइन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?