Comments Add Comment

वाईवाई ग्लोकल टिन हिरोको चौथो संस्करणका लागि आवेदन आह्वान


२२ वैशाख, काठमाडौं । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरीउनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो’ ग्लोकल प्रालीको एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ।

समर्पित र रचनात्मक किशोर किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो। नवलपरासीकी १७ बर्षिया बाल अधिकार कार्यकर्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने सोही कार्यक्रममा प्रथम भई २०१५ र २०१६ मा पुरस्कृत भएका थिए। त्यसैगरी दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी, २०१७ कावाई वाई ग्लोकल टीन हीरो बिजेता हुन्।

यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई कार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौँ उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो २० अन्डर २० सदस्यहरु जाने भएको छ ।

ग्लोकल प्रालीकी पिआर म्यानेजर र वाईवाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले विभिन्न प्रसिद्ध र प्रतिष्ठित संस्थाहरुसँग सम्बन्धित भई यसकार्यक्रमको बारेमा घोषणा गर्न पाउँदा हर्ष ब्यक्त गरेकी छिन्। पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २० अन्डर २०को घोषणा गरिनेछ।

त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उकृष्ठ ६ कोछनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुर दर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१८को बिजेता घोषणा गरिनेछ।

वाईवाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि ५ जुरी सदस्यको समूह हुनेछ । जसमा, अम्बुज सिंह, कन्ट्री डिरेक्टर, कोका कोला नेपाल, युएनडीपी निर्देशक रेनौड मेएर, वैद्य उद्योग संगठनका अदक्ष्यश्री सुरज वैद्य, सोल्टी क्रावनेप्लाजाका महाप्रबन्धक, मजुमदार, स्याकर ट्रडिंगकी मुख्यब्राडिंग अधिकारी, श्रीजना ज्योति र प्रिस्माका मुख्य कार्यकारी अधिकारी रंजित आचार्य रहनेछन्।

ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा राम्रो सोच र क्ष्यमता भएका सहभागीहरु पाएका जानकारी गराईएको छ ।

ग्लोकल टिन हिरो २०१८ को पुरस्कार समारोह सेप्टेम्बर १, २०१८ मा राजनीतिज्ञ, फिल्मकलाकार उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment