+
+
Shares

खेतमा सिँचाइ गरिरहेका युवकको करेन्ट लागेर मृत्यु

धनुषामा खेतमा पानी लाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १८:५०

२८ साउन, जनकपुरधाम । धनुषामा खेतमा पानी लाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

नगराइन नगरपालिका–८ खिरखिरियामा खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर स्थानीय विन्देश्वर दासका २५ वर्षीय छोरा सितेशकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार घटना अहिले साँझ करिब ५:४० बजेतिरको हो ।

सोही समयमा खेतमा मोटरबाट पानी लगाउने क्रममा अचानक करेन्ट लागेर दास घाइते भएका थिए  । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदा चिकित्सकले साँझ ६ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?