+
+

एनआईसी एशिया र रेमिटवेर पेमेन्टबीच रेमिटेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते २०:४१

२४ वैशाख, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्ट एलएनसीसँग रेमिटेन्स सम्झौता गरेको छ। रेमिटवेर पेमेन्टको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरु भएको हो।

बैंकले यस सम्बन्धमा रेमिटवेर पेमेन्टको क्यानडास्थित कार्यलयसँग सम्झौता गरिसकको जनाएको छ। नेपाल राष्ट्र बैंकबाट बैंशाख १९ गते मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु समेत भैसकको एनआईसी एसियाले जानाकारी दिएको छ।

सम्झौता अनुसार नेपालमा रहेका आफन्तले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका दुई सय वटा शाखाहरु तथा पाँचहजार पाँच सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने एनआईसी एसियाले जानाकारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?