Comments Add Comment

टुबोर्ग ओपनको साथमा डिप्लो र मो

२५ वैशाख, काठमाडौं । डेनिस ब्राण्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलता पश्चात, ‘टुबोर्ग ओपन’फेरि आयोजना गर्ने घोषणा गरेको छ । जसले यस वर्ष भने विश्वख्याति प्राप्त कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराई विभिन्न सांगीतिक प्रभावहरु खोज्दै विश्वभरका कलाकारहरुसँग संयोजन गरि नयाँ सांगीतिक ट्र्रयाकहरु बनाउने भएका छन् ।

अबको दोस्रो वर्षमा टुबोर्ग ओपनले फेरि एकपटक उत्कृष्ट संगीतकारहरुसँग मिलि केही विशेष रचना गर्दैछ  । एउटै विश्वव्यापी सन्देश भएको गीत तर कथा भने विश्वभरका प्रत्येक सहयोगी कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ भनिनेछ ।

टुबोर्गको एसिया र युरोप भरिको प्रमुख बजारका कलाकारहरुले मानिसहरुलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’हुन प्रेरित गर्नेछन् जसले भरोसाको शक्ति र खुल्ला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिन्छ ।

अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’सँग फेरि आएका छन् । उनीहरु मिलि ‘स्टे ओपन’ नामक ट्र्याक रचना गरेका छन् ।

जसमा, विश्वभरका कलाकारहरुलाई ‘ओपन टु मोर’हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरि पुनःलेखन गर्ने निम्तो गरिएको छ ।

‘एम् टिभि ईएम्ए २०१७’मा ‘बेस्ट रसियन अ्याक्ट’को उपाधि जितेका डिजे तथा गायक, ‘ईभान र्डोन’सँग रसियामा काम गर्दैछ भने, भारत ‘विशाल डढलानी’सँग संलग्न भएको छ जसको सांगीतिक प्रभाव बलिउड देखि ईन्डि रकसम्म फैलिएको छ ।

नेपालले लोकपि्रय स्थानय कलाकारहरुसँग (नामहरु चाँडै खुलाईने)सहकार्य गरेको छ, जबकि, गायक गीतकार ‘लेभान्टे’ले ईटाली मा हुने अभियानको नेतृत्व गर्नेछन् । चीन, बल्गेरिया र म्यानमारका बजारहरुबाट अन्य कलाकारहरु निश्चित हुन बाँकी नै छ ।

यस वर्षको अभियान बारे बोल्दै, डिप्लोले भने,”टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ट्र्याकमा काम गरिरहेका थियांै, यस ट्र्रयाक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

“यस ट्र्रयाक यस अभियानलाई सुहाउँदो छ र विश्वभरका कलाकारहरु यस विचारलाई आˆनो तरिकाबाट बदल्न र आˆनै धारणाबाट खुल्ला सोच हुनुपर्ने विचार लिएर आईरहनु भएको छ जुन, यस योजनाको सबै भन्दा उत्कृष्ट पक्ष हो ।”

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् । “मेरो लागि तयार भएको ट्र्रयाक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरुकोबारेमा खुल्ला रुपले सोच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले-काही राम्रो सँग मिल्न जान्छ, सुरुमा आफुसँग भएको ट्र्रयाक पूर्ण रुपले फरक हुनेहुँदा निकै उत्साहित छु,” उनले भने ।

उक्त विश्वव्यापी ट्र्याकको ११ मे २०१८ मा प्रदर्शनी हुनेछ जसमा, विश्वव्यापी र स्थानिय कलाकारहरुको आफू ‘ओपन टु मोर’ भएको यात्राको कथा हुनेछ । अभियान अन्-प्याड र डिजिटलका साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानिय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरि अभियान समापन गरिनेछ

टुबोर्गका अन्तर्राष्ट्रि्रय बजार प्रबन्धक, मिलन शाहका अनुसार, “टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ । जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मद्दत गर्दछ ।

यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरुलाई’ओपन टु मोर’ हुन प्रोत्साहन गर्दछौं । जिज्ञासु हुन, वरिपरिको संसार घुम्न, नयाँ अनुभवहरु संकलन गर्न र अरुसँग बाड्न प्रोत्साहन गर्नेछौं ।”

गोर्खा ब्रुअरी प्रालीका मार्केटिङ डाईरेक्टर, बैभब शर्मा भनछन् “हामी टुबोर्ग अन्तर्राष्ट्रिय डिप्लो र मो लाई यहाँका स्थानिय कलाकारहरुसँग सहकार्यको लागि घोषणा गर्न पाउँदा उत्साहित भएकाछौं । हामी चाँडै नै कलाकारहरुको नाम घोषणा गर्नेछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment