Comments Add Comment

धनुषा र महोत्तरीमा हुरीको ताण्डवः मोदीको स्वागतद्वार ढल्यो

२६ वैशाख, जनकपुरधाम । धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारसम्ममा क्षति पुर्‍याएको छ ।

मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढलेका छन् । मिहिनेतपूर्वक जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो ।

हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको छ । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने ठानिएको छ । मोदी पर्सि अर्थात् वैशाख २८ गते जनकपुर आउँदैछन् ।

तरकारी र फलफूलमा क्षति


धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुर्‍याएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् ।

यसैबीच, हावाहुरीले महोत्तरीको बर्दिबासमा लगाइएको सप्ताहको टेन्टसमेत भत्काइदिएको छ । टेन्टभित्र रहेका ५ जनाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।

महोत्तरीमा धेरैको घरको छानो उडाएको र रुख ढालिदिएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । हुरीले बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल उडाएपछि प्रसारण प्रभावित भएकाे छ भने पाेल ढल्दा बिद्युत अापूर्ति बन्द हुन पुगेकाे छ ।



तस्वीर सौजन्यः घनश्याम मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment