Comments Add Comment

कलाकारका लागि प्रधानसेनापतिको रात्रीभोज, भने–‘नेपाली सेनाले तपाइहरुको सुरक्षा गर्नेछ’


नेपाली चलचित्रप्रति विशेष रुची राख्दै आएका प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले आफ्न सरकारी क्वार्टर, सानेपामा नेपाली चलचित्रका कलाकारहरुका लागि रात्री भोजको आयोजना गरेका छन् । कलाकार अनुराग कुँवरको संयोजकत्वमा यो रात्री भोजको आयोजना भएको थियो ।

प्रधानसेनापतिको निमन्त्रणमा चर्चित कलाकारहरु उनको सरकारी क्वार्टरमा पुगेका थिए । हाँस्य कलाकार हरिवंश आचार्य, नायक शिव श्रेष्ठ, प्रदिप खड्का, नायिका करिश्मा मानन्धर, स्वेता खड्का, प्रियंका कार्की, केकी अधिकारी, पूजा शर्मा रात्री भोजमा सहभागी भएका थिए । यस्तै, निर्देशक दीपाश्री निरौला, नायिका गौरी मल्ल, नायक दिलिप रायमाझी, हाँस्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, निर्मल शर्मा, सन्दिप क्षेत्री रात्री भोजमा सहभागी भएका थिए । यस्तै, टेलिभिजनकर्मी भुषण दाहाल र सुरजसिंह ठकुरी पनि प्रधानसेनापतिको निवासमा पुगेका थिए ।

गायक रामकृष्ण ढकाल, गायकद्धय सत्य–स्वरुप आचार्य, गायक प्रताप दास, सुरज थापा पनि रात्री भोजमा सहभागी भए । नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा पनि रात्री भोजको विशेष आकर्षणमा रहेका थिए । कार्यक्रममा गायकहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, दीपक बज्रचार्य, सुरज थापाले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । यस्तै, नायक गौरव पहारी, नायिका नम्रता श्रेष्ठ, कलाकार वुद्धि तामाङ, राजाराम पौडेल, वितरक गोपाल कायस्थ पनि सानेपा पुगेका थिए । यस्तै संगीतकार शम्भुजित बास्कोटा, वितरक गोविन्द शाही, निर्माता सन्तोष सेन पनि रात्री भोजमा सहभागी भए ।

दर्जनौ कलाकारको सहभागीता रहेको रात्री भोजमा बोल्दै प्रधानसेनापति क्षेत्रीले भने–‘कलाकार देशका गहना हुन् । यसैले, देशका गहना कलाकारको सुरक्षा नेपाली सेनाले गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment