२७ वैशाख, दार्चुला । यार्सा टिप्न यार्सा पाटनहरुमा गएका यार्सा संकलकहरु घर फर्किन थालेका छन् ।
तीन दिनदेखि मौसम परिवर्तन भइ जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएका कारण उनीहरुको बिजोग भएको छ ।
यार्सा संकलनका लागि यार्सा पाटनहरुमा बनाएका अस्थायी क्याम्पहरु नै हिउँले ढाकिदिएपछि यार्सा संकलकहरु क्याम्प छोडेर घर फर्किन छन् । जिल्लाका सबैजसो यार्सा पाटनहरुमा बाक्लो हिउँ परेपछि उनीहरु घर फर्किएका हुन् ।
व्याँस गाउँपालिका अन्तरगत पर्ने दुधुवन र घलघस्या लगायतका यार्सा पाटनहरुबा संकलकहरु घर फर्किएको उपभोक्ता समिति राप्लाका अध्यष नरेन्द्रसिँह बुढोथोकीले बताए ।
बाक्लो हिमपात हुदाँ यार्सा संकलकहरुले बनाएको क्याम्प आर्थात् त्रिपालहरुमा समेत क्षति पुगेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
यस्तै अपी हिमाल गाउँपालिका अन्तरगतका धरमघर, अन्निखाना, लोलु लगायतका यार्सा पाटनहरुमा समेत बाक्लो हिमपात भएपछि यार्सा संकलकहरु घर फर्किन थालेका छन् ।
यार्सा पाटनहरुमा बाक्लो हिमपात भएपछि यार्सा संकलक गर्न समस्या भएको र क्याम्प नै हिउँले ढाकिने अवस्था आएपछि पाटनतिर गएका यार्सा संकलनहरु घर फर्किन स्थानीय हिमानी क्षेत्रीले जानकारी दिइन् । ‘यार्सा पाटनहरुमा बाक्लो हिउँ परेको छ, बेस क्याम्प नै हिउँले ढाकेको छ, यार्सा संकलन गर्न सकिने अवस्था छैन ।’ उनले भनिन् ।
यार्सा पाटनहरुमा झण्डै २ फिट हिउँ परेको पाटनबाट फर्किएका संकलकहरुले बताएका छन् ।
वैशाख २५ गते मात्रै खुला गरिएको अपीहिमाल गाउँपालिका अन्तरगतका यार्सा पाटनहरुमा हिमपात भएपछि वन खुलेको दोस्रो दिनबाटै संकलकहरु घर फर्किन थालेका छन् ।
वैशाख १५ गते खाद्यान्न लगायतका आवश्यक सामग्रीहरु ढुवानी गरेका थिए भने वैशाख २५ गते अर्थात् मंगलबारदेखि मात्रै त्यस क्षेत्रमा यार्सा पाटन खुल्ला गरिएको थियो ।
प्रतिक्रिया 4