Comments Add Comment

डीसीएक्स र कोमेनबीच समझदारीपत्रमा हस्ताक्षर

२७ वैशाख, काठमाडौं । नेपाल कमोडिटिज एक्सचेन्जले डेरिभेटिभ एण्ड कमोडिटिज एक्सचेन्ज नेपाल र कमोडिटिज एक्सचेन्ज नेपाल लिमिटेडसँग काठमाडौंमा मे २ मा समझदारीपत्रमा हस्ताक्षर गर्यो  । हालै लागू भएको नयाँ विनिमय ऐन २०७४ अनुसार यो एउटा पूर्ण नियमन विनिमय स्थापनाको लागि यो एउटा महत्वपूर्ण प्रगति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त हस्ताक्षर समारोहमा एनसीइका शम्भुप्रसाद घिमिरे र ठाकुर पौडेल, डीसीएक्सका सीइओ दिपेन्द्र बास्कोटा र कोमेनको अध्यक्ष सबिनभक्त जोशीको उपस्थित थियो ।

समझदारी अनुसार अब डीसीएक्स र कोमेन, एनसीइसँग मिलेर नेपाल कमोडिटिज एक्सचेन्ज को ब्राण्ड भित्र रहनेछन् र योग्य साझेदार एवं प्रवद्र्धक हरुलाई आमन्त्रण गर्दै कमोडिटिज सञ्चालन लाइसेन्स प्राप्त गर्न संयुक्त रुपमा सेबोनमा आवेदन गर्नेछन् । सोही अनुसार सेबोनमा मे ६, २०१८ मा संयुक्त आवेदन पेश गरिएको छ ।

“यस कार्यमा कमोडिटी बजारमा राम्रो अनुभव भएका एनआरएनहरु संलग्न छन्,” एनआरएन प्रतिनिधि डा. बद्री केसी भन्छन्, डिसीएक्स र कोमेनसँग समझदारीपत्रमा हस्ताक्षरपछि हामी अझ धेरै बालियो र प्रतिस्पर्धी भएका छौं ।”

डीसीएक्सका सिइओ दिपेन्द्र बास्कोटा भन्छन्, नेपाल कमोडिटीज एक्सचेन्ज सँग समझदारीपत्रमा हस्ताक्षर गर्दा हामी एकदमै खुसी छौं, यो एक महत्वपूर्ण एकता हो जसले विनियम सञ्चालनका लागि योग्य र अनुभवी टीमलाई जोड्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment