+
+
Shares

प्रधानमन्त्री ओलीलाई मोदीको सम्बोधनः मेरे भाइसाब

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते १५:५४


२८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् ।

मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । लगतै उनले जानकी मन्दिरमा पूजाअर्चना गरे ।

लगतै जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय मोदीले सम्बोधन गरे । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे ।

उनले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताए ।

प्रधानमन्त्री ओलीले पनि मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गरे । अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?