Comments Add Comment

पति-पत्नीको यस्तो तालमेलले हुनसक्छ आर्थिक समृद्धि

के भनाई छ भने, अक्सर दम्पतीको कलह आर्थिक कारणले हुन्छ । जब घरखर्च र कमाईको अनुपात मिल्दैन । अर्थात, जब कमाई भन्दा खर्च बढी हुन्छ, तब पारिवारिक कलह सुरु हुन्छ । पुग्दो आयस्रोत एवं पैसा छ भने परिवारका इच्छा, चाहना र आवश्यक्ताहरु त्यही अनुरुप पुरा हुन्छ । उनीहरुमा आर्थिक कारणले कुनै समस्या आउँदैन । तर, आयस्रोतका माध्याम कम हुँदै जानु, आर्थिक भार थपिदै जानु भनेको कलहको निहुँ बन्छ । आर्थिक अभावले पारिवारिक विखण्डन ल्याउँछ । दम्पतीबीच मनमुटाव, झै-झगडा मात्र होइन, सम्बन्ध नै दुई चिरा पर्ने अवस्था पनि आउँछ ।

आफ्नो सामान्य आवश्यक्ताहरु सजिलै पुरा नहुँदा, इच्छाहरु खुम्च्याएर बस्नुपर्दा परिवारमा सुख आउँदैन । पति-पत्नीबीच एकअर्काले गर्ने खर्च पनि कलहको विषय बन्छ ।

त्यसैले परिवार सुखको एउटा माध्यम हो, दिगो आयस्रोत । भनौं, पुग्दो पैसा छ भने परिवारमा आर्थिक कारणले कलह हुँदैन । सामान्य आवश्यक्ताहरु सजिलै पुरा हुन्छन् । पारिवारिक दायित्व बोझिलो हुँदैन । यसले एक किसिमको तनाव आउन दिदैन । परिवारमा शान्ति छाउँछ ।

तर, प्रशस्त पैसा आर्जन गर्दैमा वा आयस्रोतका माध्यामहरु बढाउँदैमा परिवारका आवश्यक्ताहरु पुरा हुन्छन् भन्ने होइन । जति पैसा भयो, उत्तिनै आकंक्षा पनि बढ्दै जान्छ । इच्छा बढ्दै जान्छ । त्यस अनुरुप खर्च पनि बढ्छ । यस्तो अवस्थामा जति कमाए पनि त्यो अपुग हुन्छ ।

भनिन्छ नि, पैसा कमाउनु त्यती महत्वपूर्ण कुरा होइन, जति बचत गर्न सक्नु हो । यसले आर्थिक व्यवस्थापन गर्नु कति महत्वपूर्ण छ भन्ने पनि बुझाउँछ । खासगरी दाम्पत्य जीवनलाई सही र सन्तुलित ढंगले अगाडि बढाउनका लागि पनि आर्थिक व्यवस्थापनले भूमिका खेल्छ ।

घरायसी आवश्यक्ता टार्न एवं लक्ष्य हासिल गर्नका लागि पति-पत्नी दुबैबीच यस्तो तालमेल मिल्नुपर्छ, जसले आर्थिक रुपमा परिवारलाई सक्षम तुल्याउँछ ।

आर्थिक लक्ष्य साझा गर्ने 

आर्थिक कुरा निकै संवेदनसिल हुन्छन् । घरखर्च कसरी जुटाउने, आयस्रोत कसरी बढाउने, खर्च व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा एकलौटी निर्णय गर्नु ठिक हुँदैन । यसमा पति-पत्नी दुबैले आवश्यक सल्लाह गर्नुपर्छ । दुबैको विचार साझेदार गर्नुपर्छ ।

आर्थिक अभाव टार्न लिइने ऋणका विषयमा पनि दुबैबीच छलफल हुनु आवश्याक छ । एक जनाको निर्णयमा ऋण लिनु निकै जोखिमपूर्ण हुनसक्छ । भोलिका दिनमा यस्ता प्रवृत्तिले अप्ठ्यारो मात्र पार्ने होइन, पारिवारिक जीवन नै ध्वस्त बनाउन सक्छ ।

त्यसैले घरखर्च कसरी चलाउने, कुन कुन कुरामा खर्च गर्ने, कहाँबाट आर्जन गर्ने, आर्जनका स्रोतहरु के- के हुनसक्छन् भन्ने कुरा पति-पत्नीले आपसमा छलफल गर्नुपर्छ ।

आफ्नो आवश्यक्ताका बारेमा पनि खुलेर छलफल गर्नुपर्छ । पति-पत्नीमध्ये एकजना खर्चिलो र अर्का मितव्यायी हुनसक्छन् । उनीहरुबीच यसरी सन्तुलन नमिल्दा पनि कलह हुन्छ । खासगरी खर्च गर्ने कुरामा दुबैवीच आपसी सहमति हुनु, सल्लाह हुनु नितान्त आवश्यक छ ।

मासिक बजेट तयार गरौं

दम्पतीले घरायसी खर्चका लागि मासिक बजेट तयार गर्नु उपयुक्त हुन्छ । मासिक बजेट तयार गरेपछि आवश्यक्तालाई प्राथमिकतामा राखेर सूची तयार गर्न सकिन्छ । यसो भएमा अति आवश्यक कुराहरुमा खर्च अभाव हुँदैन ।

मासिक बजेट तयार गरेर सोही अनुसार खर्च गर्दा फजुल खर्चबाट पनि बचिन्छ । यसको सबैभन्दा ठूलो फाइदा त के भने, आफ्नो आयस्रोत एवं आम्दानी अनुरुप खर्चको सूची बनाउन सकिन्छ । यसले गर्दा अनावश्यक खर्च हुँदैन । अतिरिक्त कुरामा खर्च जाँदैन । अनावश्यक व्यायभार बढ्दैन ।

मासिक बजेटको सूची तयार गर्दा आवश्यक्तालाई प्राथमिकतामा राख्नुपर्छ । घरको लोन होस् वा घर भाडा, बच्चाको शूल्क, पानी-बत्तीको खर्च, खद्यन्न, दैनिक उपभोग्य बस्तु जस्ता कुरामा हुने खर्च अनिवार्य हुन्छन् । त्यसबाहेक औषधी उपचार, चाडपर्व, लताकपडा, घुमफिर जस्ता कुरामा पनि खर्च लाग्न सक्छ । यस्ता संभावित खर्चहरुका लागि पनि अतिरिक्त पैसा बचत गर्न सकिए धेरै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment