शनिबार, २ भदौ, २०७५
Ruslan
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

मोदीलाई मालैमाला ! जनताले पानीसमेत पिउन पाएनन्

श्रवण देव/विक्रम रौनियार

२८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत सत्कारमा प्रदेश २ सरकार र जनकपुर उपमहानगरपालिकाले कुनै कसर बाँकी राखेन । मोदीलाई माला मात्र १२१ किलोको तीन वटा लगाइएको छ ।

तर, मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणले भने पाउनुसम्म दुःख पाएका छन् । बिहान झिसमिसेमै जनकपुर आएका उनीहरुले पानीसमेत नपाई दिउँसो २ः३० बजेसम्म बाह्रबिघामा बसे ।

भोकै भए पनि उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको जयजयकार गरे, नेताहरुले भाषण गर्दा ताली बजाए । जब कार्यक्रम सकियो, उनीहरु अलपत्र परेका छन् ।

जनकपुर उपमहानगरपालिकाले कार्यक्रमस्थलमै खानाको व्यवस्था गर्ने भनेकाले धेरैले खाजा सामलसमेत बोकेका थिएनन् । कतिसँग त किनेर खाने पैसासमेत थिएन । नागरिक अभिनन्दन सकेर मोदी काठमाडौंतर्फ जाँदा सर्वसाधारण भने भोकै तिर्खै सडकमा अलपत्र भेटिए । ‘कम्तीमा पानीको व्यवस्था हुन्छ भन्ने विश्वास थियो, तर घाँटी सुक्यो पानी पिउन पनि पाइएन’ मोदीको अभिनन्दन कार्यक्रममा सप्तरीबाट आएका नटाई रामले भने, ‘पानी पिउन नपाउँदा झण्डै प्राण जाला जस्तो भयो ।’

विहानदेखि अपरान्ह २ बजेसम्म रंगभूमि मैदानमा बसेको आफूहरुलाई आयोजकले विल्लीबाठ पारेको गुनासो सर्वसाधारणको छ । खानपिनको व्यवस्था हुन्छ भन्दै गाउँगाउँबाट बसमा ल्याएका उनीहरुले फर्किने बेला सवारी साधनसमेत पाएनन् ।

धनुषा, महोत्तरीबाहेक प्रदेश २ का अधिकांश जिल्लाका सर्वसाधारण बिहान ८ अघिनै बाह्रबिघामा प्रवेश गरिसकेका थिए । ‘घरबाट निस्किँदा चियासम्म नखाई हतार हतारमा आइयो’ सिरहाका सहभागी विजेन्द्र यादवले भने, ‘सिधै बाह्रबिघामा प्रवेश गरें । तर, दिउँसो अबेरसम्म पानीसमेत नपाएर परेशान भइयो ।’

जनकपुरका केही स्थानीयबाहेक बाह्रबिघामा सहभागी हजारौं जनता भोकै र तीर्खैर् गर्मीमा बस्न बाध्य भए । ‘खाना नपाउँदा ठीकै हो, तर पानीको व्यवस्था गरिनुपर्थ्यो ‘ सप्तरीबाट आएका पत्रकार बिनय कर्णले भने, ‘पानी समेत नदिनु अत्याचार हो ।’

१२ः३० बजे सकिने भनिएको कार्यक्रम २ः१५ बजेसम्म चल्यो । यसबीचमा गीत, नृत्य प्रस्तुती बाहेक जनतालाई पिउने पानीको व्यवस्था कसैले गरेनन् । मोदीको स्वागतमा १२१ किलोको माला र लाखौं खर्चिएर स्वागतद्वार बनाउने उद्योग वाणिज्य संघ लगायतले पनि कार्यक्रममा सहभागीहरुप्रति कुनै ध्यान दिएनन् ।कतिले पानीको बोतल बोकेर बाह्रबिघामा जान खोजे । तर, प्रहरीले पानीको बोतल भित्र लान नदिएको सहभागीहरुले बताएका छन् । प्रहरीले व्याग र बोतल केही लान नदिएपछि आयोजकलेनै पिउने पानीको व्यवस्था गर्नुपर्ने हो । तर त्यसो गरिएन ।

भोकै प्यासै अलपत्र

सर्लाहीको बरहथवाकी ७० बर्षीया कनावती पासवान मोदीको अभिनन्दन कार्यक्रममा सहभागी हुन जनकपुर आइन् । बाह्रबिघामा बिहानैदेखि दिउँसोसम्म भोक र प्यास सहेर बसिन् । जाने बेला उनी चढेर आएको गाडी पनि भेटिनन् ।
स्थानीय तहले उनीसहित ६० जनालाई जनकपुर ल्याएको थियो । तर, फर्किने बस छुटेपछि उनी अलपत्र परेकी छन् । ‘घर जाऊँ भने पैसा छैन, खाना खाउँ भने कसले दिने ? उनले भनिन् । सर्लाहीकै तेतर साह कानुको अवस्था पनि त्यस्तै छ । खानाको व्यवस्था भनेर ल्याउनेहरु नै बेपत्ता भएपछि उनी सडकमा अलपत्र परे । उनी चढेर आएको गाडी पनि गइसकेको रहेछ ।

कानुसँगै आएका केही व्यक्तिले आपसमा मिलेर ५/१० रुपैयाँ संकलन गरी च्यूरा किने । नून र खुर्सानीसँगै च्यूरा खाएका उनीहरु घर कसरी जाने भन्ने चिन्तामा थिए । ‘नुन र खुर्सानीले चिउरा के भिज्थ्यो ?’ कानुले भने, बुढेशकालको दाँतले चिउरा चपाउन सकेन । ल्याउने नेताहरु पनि वेपत्ता भए ।’

दिउँसोसम्म भोकै बसेका महिला, पुरुष, बालबालिकाहरु बाह्रबिघाको आसपास खुल्ला ठाउँमा च्यूरा, भुजासहितका खानेकुरा खाँदै गर्दाको दृश्य जताततै देखियो ।

२ नम्बर प्रदेश सरकारले प्रदेशको आठै जिल्लाबाट लाखौं जनतालाई अभिनन्दन समारोहमा उतार्ने जनाएको थियो । प्रदेश सरकारले स्थानीय तहलाई पत्राचारै गरी कम्तीमा दुई वटा बसमा जनता ल्याउन परिपत्र गरेको थियो । तर, आएका जनतालाई पानीसमेत खुवाउन कन्जुस्याइँ गरेको पाइएको छ ।

२०७५ वैशाख २८ गते १७:४१ मा प्रकाशित (२०७५ वैशाख २९ गते ७:१९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • Madesh boy लेख्नुहुन्छ    |   २०७५ वैशाख २८ गते १७:४८

    Pahadai media ko chatpati…haha

    13
    62
    Share

  • Navin लेख्नुहुन्छ    |   २०७५ वैशाख २८ गते १७:५९

    अनागरिकलाई नागरिक अभिनन्दन अनि नागरिकलाई दु:ख र सास्ती । नेपाल र नेपालीको नियतिको बारेमा सोच्दा पनि अचम्म लागेर आउछ ।

    40
    7
    Share

  • kaviraj khatri लेख्नुहुन्छ    |   २०७५ वैशाख २८ गते १८:२३

    हामी नेपालीहरुले पाहुनालाई स्वागत गर्ने परम्परा अपरम्पार त छ । यसै सन्दर्भमा मोदीलाई आज जुन स्वागत र सम्मान गरिएको त्यो स्वागत र सम्मान मासु नखाने पाहुलाई जर्वजस्ती मासु ख्वाए जस्तो भएको छ । अर्थात ख्वाउनेलाई पनि महंगो र नखानेलाई पनि समस्या । भन्नुको तात्पर्य यो सरकारको हुति कति रहेछ आजबाट मोदीलाई पुरा थाहा भयो । यसको परिणाम अब मधेश टुक्राएर भारतमा गाभिन्छ वा नेपाललाई नै सिक्कीमिकरण बनाउने योजना अघि बढाईन्छ । यी दुई मध्ये मोदीले एउटा मिसन सफल पार्ने भए । धत्तेरीका आमा बेचेर जारी खान पल्केका सत्ताधारीह नेपालका ।

    20
    13
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७५ वैशाख २८ गते १९:०९

    हामि नेपाली हौँ हाम्रो संस्कार ले “अतिथि देवो भवः” भन्छ l महामहिम प्रधानमंत्री नरेन्द्र दास मोदी ज्यु हाम्रो पाहुना हुन्, वहाँको स्वगत सत्कार गर्नु हाम्रो प्रथम कर्तब्य हो l आज महामहिमको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणहरुको मन भित्र धेरै पिडाहरु थिए l कहिले भारत-नेपाल सिमामा भएका मदरसाहरु आतंकबादिको क्रिडा स्थल भन्दै हाम्रो मधिसे दाजु भाईहरुलाई आतंकबादी भन्छ, कहिले भारतीय सुरक्षा बलहरुलाई मदेसमा प्रवेस गराएर हाम्रै मधिसे नागरिकहरुलाई कुटपिट गर्छ l सिमाको नजिकै ठुला ठुला बाँद बाँधेर वर्षभरि खाने खेति डुभान परि दिन्छ l भारतले हाम्रो मधिसे ईस्ट मित्रलाई कहिले पनि विश्वास गरेन l आखिर हामि सबै नेपाली त हौँ, किन पहाडकोहरुलाई मात्र भारतीय सेनामा लिन्छ? हुँदा हुँदा आज नेपालको मधेसको भूमिमा कार्यक्रम गर्दा आफ्नो सुरक्षा दस्ता पनि भारतबाट नै ल्याउन पर्ने? बिगत् काठमाडौँ भ्रमणमा आउँदा त नेपाली सुरक्षा दस्ता नै काफी थियो त l हाम्रो मधिसे आम-बाबु, दिदि-बहिनि, दाजु-भईलाई यति सम्म अविस्वास गरिंदा मन अमिलो बनेको छ l भारतमा एउटा राज्याको विधान सभा चुनाव हुँदा जब दुईवटा यादव नेता मिलेर चुनाव लड्ने घोषणा गरे, त्यस बखत “ईन लोगों कि नस्ल परिक्षण करंगें” भन्दै चुवाउ प्रचार गरेका थिए l हाम्रो मधिसेमा पनि त धेरै यादव थर भएका ईस्टमित्रहरु छन, कतै हाम्रो आम-बाबु, दिदि-बहिनि, दाजु-भई माथिको अविस्वासको कारण त होइन सुरक्षा दस्ता संगै ल्याउनुलाई? जे होस्, हामि नेपालि, जति नै पिडा सहेर पनि हाम्रो संस्कार “अतिथि देवो भवः” l

    अब भोलि काठमाडौँमा स्वागत सत्कार गरिने छ l नाकाबन्दिको पिडाहरुलाई छत्ती भित्र लुकाएर म आफै पनि स्वगत सत्कारमा तत्पर हुनेछु, कार्यक्रम स्थलमा गएर तालि बजाउने छु, अनि म जस्तै धेरै तालि पिट्नेहरुको तालीको आवाजहरु ले सोध्ने छ निरदोष नेपालीले खाने छाक, औषधिहरुमा नाकाबन्दि किन? नाका बन्दीको पिडालाई अन्तर आत्मामा लुकाएर पनि स्वागत सत्कार गर्ने छौँ l कारण हामि नेपाली हौँ, हाम्रो संस्कार “अतिथि देवो भवः” l

    अन्तमा, जनकपुर धाममा भएको कार्यक्रममा पाल्नु भएर हाल बिचल्निमा परेका आम-बाबु, दिदि-बहिनि, दाजु-भईहरुलाई यथासिग्र उद्धार गरि निजहरुको घर सम्म पुराई दिनु भनि नेपाल सरकार संग जोडदार आपिल गर्दछु l

    जननी नेपालीकि जय जय जय
    चन्द्र-सुर्यकि जय जय जय

    21
    6
    Share

  • आनन्द रौनियार लेख्नुहुन्छ    |   २०७५ वैशाख २८ गते १९:४७

    म जस्ता 2 लाख नेपाली नागरिक रंगभूमी 12 बिगहामा कैसेले खुआउला पिआउला भनेर गएका थिएनेउ. मोदी संग दुई क्षण को साथको अनुभूति लिन पुगेका थियौ. प्रवेशद्वार बाहिर जानकी फाइनांसले पानी खुआई रहेको थियो. प्रवेश गर्ने बेला प्रहरीले हाम्रो पानी खाने बोतल, टोपी र कलम खोसेको थियो. भित्र तिर्खा लागे पनि मोदी को मायाले हामीलाई बाँधेर राख्यो.

    17
    72
    Share

  • hari लेख्नुहुन्छ    |   २०७५ वैशाख २८ गते २०:०१

    खासमा यो हो नी मधेशमा रजाई गर्ने नेताको वास्तविक स्वरुप ! के गर्नु जनता नै भेडा भएपछि, उनै नेतालाई विश्वास गर्छन् । धेरै दिनपछि आफ्ना नेताको कर्तुत त थाहा पाउलान् त पछुताउनु सिवाय केही बाँकी हुँदैन ।

    9
    1
    Share

  • shiwanath Das लेख्नुहुन्छ    |   २०७५ वैशाख २८ गते २१:३३

    हो तनि गरीबलाई नत राम राज्यमा सुख थियो न रावण राज्यमा ।

    5
    0
    Share

  • no singh लेख्नुहुन्छ    |   २०७५ वैशाख ३० गते २०:४५

    महामहिम मान्निय मोदी जी को जनकपुर जानकी मंदिर द्रंश्नण मा मान्निय प्रधानमंत्री केपी शर्मा ओली ज्यु ले जन्कजन्नि माता जानकी मंदिर को साचो महामहीम मोदी जि लाई गिफट दिनु भयोरे &मुक्ति नाथ को पनी तेही लिला छ ऊ :नमो नारायण ओम: मनो भगवती

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this