+
+
Shares

भरतपुरमा बम विस्फोट, भाटभटेनी सुपरमार्केटको सिसा फुट्यो

रासस रासस
२०७५ वैशाख ३० गते ८:०७

३० वैशाख, चितवन । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान बम विस्फोट भएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बिहान ०३ः४५ बजे ग्रिनेट विस्फोट गराएको जानकारी दिए ।

विस्फोटबाट भाटभटेनी सुपरमार्केटको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनले बताए ।

विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनको सवारी आवागमन प्रभावित भएको छ । त्रासका कारण फाट्टफुट्ट मात्रै सवारी चलेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?