३० वैशाख, पोखरा । पोखरा विमानस्थलको १ नं. गेट नजिक बम भेटिएको छ । बम राखिएको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । र, अहिले बमलाई निष्कृय पारिएको छ ।
प्रदेश नं. ४ को सुरक्षा गोष्ठी आयोजना गरिएकै दिन विमानस्थलमा बम भेटिएको हो ।
गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा सहभागी छन् । उनी विमानस्थलबाट कार्यक्रम स्थलमा पुगेपछि बम फेला परेको थियो ।
गृहमन्त्री कार्यक्रममा आउँदै गर्दा एयरपोर्टकै गेटमा बम भेटिनुलाई चुनौतिपूर्ण मानिएको छ ।
बम राख्नेको खोजी भइरहेको र अहिले कास्कीको अवस्था सामान्य रहेको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4