Comments Add Comment

कांग्रेसको क्रियाशील सदस्यतामा पुनर्विचार गर्नुपर्छ : शशांक कोइराला

फाइल तस्वीर

३० वैशाख, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको क्रियाशील सदस्यतामा पुनर्विचार गर्नुपर्ने समय आएको बताएका छन् ।

नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रममा उनले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए । ‘मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ’ उनले प्रतिप्रश्न गर्दै भने, ‘अब के यसरी पार्टी चल्न सक्छ ?’ क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनर्विचार गर्ने उनको भनाइ छ ।

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उनले भने, ‘अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ ।’ पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उनले बताए ।

अबको समयमा कांग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो । कांग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै उनले कांग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment