+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
७९ बलमा ११४ रन आवश्यक
विराटनगर किंग्स 2025
42/4 (6.5)
Shares

फेसन शोमा करिश्मादेखि उषासम्म र्‍याम्पमा उत्रने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते ११:३५


फेसियल हाउसको आयोजनामा जेठ ११ गते ‘फेसियल हाउस फेसन ट्रेड सिजन २’ आयोजना हुने भएको छ । फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडल मात्र नभएर रोलमोडल पनि छानेको छ ।

समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसायको क्षेत्रमा आफूलाई स्थापित गरेका व्यक्तिहरुलाई र्‍याम्पमा उतार्ने तयारी गरिएको छ । यस्तै, कलाकार, गायक-गायिका र रंग पत्रकार पनि यसपटक र्‍याम्पमा देखिनेछन् । फेसियल हाउसकी संचालिका सुष्मा महराले भनिन्-‘ यो सिजनले फेसनको दुनियाँमा अझ बढी समय सान्र्दभिक बिम्ब सिर्जना गर्नेछ ।’

यसपटक नायिका करिश्मा माननधर, नायक सविन श्रेष्ठ, कलाकार क्षितिजा शाक्य, मिस नेपालहरु उषा खड्गी, सुगारिका केसी, नायकहरु आमेश भण्डारी, यशराज गरच लगायत स्टेजमा देखिदैछन् । कार्यक्रममा गायक यूवराज चौलागाई र गायिका आस्था राउतले आफ्नो प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?